म्याग्दी समाज समिति दक्षिण कोरियाले १ तारिख शनिबार सांझ दशै कार्यक्रमको आयोजना गर्ने

September 26, 2011

म्याग्दी समाज समिति दक्षिण कोरियाले शुभ बिजया दशमी २०६७ को सुखद अबसरमा अक्टुबर  १ तारिख शनिबार सांझ दशै कार्यक्रमको आयोजना भब्य रुपमा  गर्ने भएको छ । कोरियामा रहेका म्याग्देलीहरुलाई बृहत उपस्थिति बनाई मनाउन लागिएको दशै कार्यक्रममा खासगरि खानपिन र मनग्य मनोरन्जन गराउने तयारी भईरहेको छ । तल उल्यखित स्थान,मिति र समयमा  उपस्थित भई कार्यक्रमलाई भब्य रुपमा  सम्पन्न गराई दिनु हुन कोरियामा रहेका म्याग्देलीहरुलाई हार्दिक अनुरोध गरिन्छ ।
स्थान: दुर्गा रेष्टुरेण्ट चोङगाक (अण्डर ग्राउण्ड)
मिति: २०११ अक्टुबर १ तारिख शनिबार ।
समय: सांझ ८ बजे देखि ।

रणबाङमा भएको बस दुर्घटनाका मृत्यु र घाईते भएका सबैको पहिचान,

September 20, 2011

म्याग्दी न्युजबाट,
म्याग्दीको बाबियाचौरमा आईतबार दिउँसो बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ७ जना र्घाईते भएका छन । बाबियाचौर ५ लाम्पाटादेखि दरवाङ जाँदै गरेको ग १ ख २७०४ नम्बरको बस बाबियाचौर ८ रणबाङ स्थित खहरेखोलाको उकालोमा दुर्घटना हुँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक महेन्द्र बि.कका अनुसार ताकम ४ निवासी जगन्नाथ प्राबि हिलापोखरीका प्रअ मुकुन्द सुवेदी, ओखरबोट गाविस चिउरीबोटका काले दमाई, गाडीका सहयोगी पुलाचौरका रुपेश नेपाली, बरङ्जाका पूर्ण बहादुर छन्त्याल र र्सुय छन्त्यालको घटनास्थलमै मृत्यु भएको छ । त्यसैगरी मुना स्थित धनपाण्डे माविका शिक्षक तुलबहादुर पुन -दिपेश), सिङ्गा तातोपानीकी तारा खत्री -सारदा) र उनका ६ महिनाकी छोरी, रुमका टिका रर्साईली र उनका २ वर्षा छोरा प्रभात रर्साईली तथा मुदी ८ केचुङ्गका लिलबहादुर र्घर्ति रहेका प्रहरीले जनाएको छ । यसैगरी बाबियौर ८ रणबाङका अशोक भण्डारी र उनकी सानीमाकी छोरी बेल्डिया १ नवलपरासीकी तारा केसीको जिल्ला अस्पताल म्याग्दीमा उपचारका क्रममा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको छ । दिउँसो ३ बजे जिल्ला अस्पतालमा ल्याई पुर्‍याईएको उनीहरुलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

म्याग्दीको बाबियाचौरबाट दरबाङ तर्फजादै गरेको मिनीबस दुर्घटना, १३ जनाको मृत्यु

September 18, 2011

म्याग्दी न्युज लेख्छ,
म्याग्दीको बाबियाचौरबाट दरबाङ तर्फजादै गरेको मिनीबस बाबियाचौर र दरबाङको बिचमा पर्ने बाबियाचौर ८ रणबाङको उकालोमा आज दुर्घटना हुदाँ १३ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना र्घाईते भएका छन । ग १ ख २७०४ नम्बरको मिनीबस आज दिउसो दुर्घटना हुदाँ ७ जनाको घटनास्थलमै र अन्य ६ जनाको स्थानीय स्वास्थ्य संस्था र जिल्ला अस्पताल बेनीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
दुर्घटनामा मृत्युहुनेहरुमा बसका सहचालक म्याग्दी पुलाचौरका रुपेश नेपाली, म्याग्दी ताकममा मुकुन्द सुबेदी,पुलाचौरका पुर्ण बहादुर छन्त्याल,बरङजाका र्सुय छन्त्याल,म्याग्दी तातोपानीकी २१ बषिर्य तारा खत्री उनकी तिन महिनाकी छोरी प्रतिज्ञा खत्री,बाबियाचौर ८ का अशोक भण्डारी,तारा भण्डारी,म्याग्दी चिउरीबाटेका काले दमाईको मात्र सनाखत भएको छ ।

आंधिखोला दशै रनिङ कप भलिबल खेलमा म्याग्दी समाज वाईमा

स्याङजा परिवार दक्षिण कोरियाले आगामी हप्ता सेप्टेम्बर २५ तारिख आईतबार आयोजना गर्न लागेको आंधिखोला दशै रनिङ कप भलिबल खेल  प्रतियोगितामा म्याग्दी समाज वाईमा पर्दै सिधै क्वाटर फाईनल खेलको लागि छनोट भएको छ । राजधानी सउलको तोङदेमुन स्थित फेवा रेष्टुरेण्टमा आयोजित प्रतियोगिताको टाईशीट तयार कार्यक्रम मार्फत गरिएको गोला प्रथा माध्यम बाट सिधै क्वाटर फाईनल खेलको लागि छनोट भएको हो । १० टीमले सहभागिता जनाएको उक्त प्रतियोगितामा म्याग्दी समाज समिति प्रतियोगिताको छैठौं खेल खेल्ने छ । उक्त  प्रतियोगितामा सुदुर पश्चिम र तनहुं मध्यको बिजयी टीमलाई पछाडी पार्न सके सेमिफाईनल खेलमा गुल्मी र बाग्लुङ बिचको बिजयी टीम संग फाईनलको लागि भिड्नु पर्ने छ ।

सेप्टेम्बर महिनाको अन्त सम्मा कोरियामा रहेका म्याग्देली हरुको दाता संकलन गरिने

September 16, 2011

भरत तुलाचन, सचिव म्याग्दी समाज
म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्दी जिल्लाबाट बिबिध उद्देश्यका साथ दक्षिण कोरिया भित्रिएका प्रवासी म्याग्देलीहरुको दाता संकलन गर्ने भएको छ । गत सेप्टेम्बर ४ तारिख आईतबार बसेको म्याग्दी समाज समिति दक्षिण कोरिया कार्य समितिको बैठकले गरेको निर्णयानुसार  म्याग्दी जिल्लाका हरेक गाबिसबाट एक देखि तीन जना सम्म  प्रतिनिधि चयन गर्दै दाता संकलनमा सहयोग गर्ने   गरि पत्राचार गरि सकेको छ । सेप्टेम्बर महिनाको अन्त सम्ममा Read More.......

म्याग्दी समाज समितिको बिशेस बैठक सम्पन्न, दशै कार्यक्रम लगायत बिबिध बिषय माथि छलफल

September 6, 2011

लामो समय देखि  सम्पन्न हुन  नसकेको म्याग्दी समाज समिति दक्षिण कोरियाको नियमित बैठक गत सेप्टेम्बर ४ तारिख आईतबार उत्साहजनक उपस्थितिमा सम्पन्न गर्दै बिबिध आकर्षक निर्णयहरु गरेको छ । बिगत केहि समय  देखि निर्माण सम्पन्न गर्ने  भनिएको म्याग्दी अस्पतालको आकष्मिक कक्षलाई २०६८ भित्र कुनै हालतमा निर्माण सम्पन्न गर्ने गरि बिबिध बिषयहरु माथि छलफल र निर्णय गरेको छ । त्यस्तै यसै सेप्टेम्बर महिना भित्र कोरियामा नयां र पुराना म्याग्देलीहरुको दाता संकलन गर्ने  गरि म्याग्दी जिल्लाका हरेक गाबिस बाट कोरियामा रहेका १ जना प्रतिनिधि चयन गरेको छ । साथै यसपालीको दशै कार्यक्रम भब्यताका साथ मनाउने निर्णय गर्दै स्थान मिति र समय तोकेको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP