म्याग्दी समाज आठौ कार्य समितिको दोश्रो साधारण सभा जनवरी २२ मा सम्पन्न हुने

December 25, 2011

म्याग्दी समाज  आठौ कार्य समितिको दोश्रो साधारण सभा जनवरी २२ मा सम्पन्न हुने भएको छ । सभा स्थलको निश्चित अझै भई नसकेता पनि कोरियाको महान पर्व सल्नालको दोश्रो दिनको ५ बजे देखि रातको १२ बजे सम्म सम्पन्न गर्ने निर्णय भएको छ । साथै म्याग्दी समाज समिति दक्षिण कोरियाको १९ औ नियमित बैठकले नयां बर्ष २०१२ भब्यताको साथ मनाउने निर्णय गरेकोमा बिबिध कारणवश रद्द गरिएको छ ।   

म्याग्दी समाज समितिका बर्तमान उपाध्यक्ष बरुवाल ज्युको बिदाइ कार्यक्रम भब्यताकासाथ सम्पन्न

December 24, 2011

समाजका अध्यक्ष प्रसंशा पत्र प्रादान गर्दै 
म्याग्दी समाज समिति दक्षिण कोरियाका बर्तमान उपाध्यक्ष श्री नारायण बरुवाल ज्यु को बिदाइ कार्यक्रम तुनदेमुन को एक कोरियन होफ मा भव्यताका साथ सम्पन्न भयो |  आज बेलुकी करिब ९ बजे बाट शुरु भएको कार्यक्रम राति १ बजे सम्म चलेको थियो सो कार्यक्रम अनौपचारिक भेटघाटको रुपमा रहेता पनि म्याग्देली हरुको उपस्थिति र नारयण बरुवाल ज्यु को योगदान को कदर गर्दै एका एक म्याग्देली हरुको ठुलै जमघट भएकाले भेटघाट कार्यक्रम औपचारिक रुपमै बिदाइ कार्यक्रम मा परिवर्तन भएको थियो |  सो कार्यक्रम समाजका सचिब भरत तुलाचनको संचालन अध्यक्ष नर बहादुर पुन को सभापतित्व जनजाती महासंघ कोरियाका उपाध्यक्ष तथा समाजका सलाहकार भक्त शेरचन नव आगन्तुक पुराना खेलाडी रामकृष्ण तिलिजा उपाध्यक्ष नारायण बरुवाल ज्यु को आतिथ्यमा कार्यक्रम शुरु भएको थियो|  उपस्थित सम्पूर्णलाई समाजका सहसचिब बाबुराम शर्माले  स्वागत मन्तब्यद्ररा  स्वागत गर्नुभएको थियो |
Read more 

म्याग्दी समाज समितिका बर्तमान उपाध्यक्ष नेपाल फर्कनु हुदै

December 19, 2011


बाबुराम शर्मा सउल,कोरिया
लामो समय देखि कोरियामा रहि म्याग्दी समाज समितिमा  सक्रिय रहदै आउनु भएका म्याग्दी समाज समिति दक्षिण कोरियाका बर्तमान उपाध्यक्ष श्री नारायण बरुवाल ज्यु  कोरियाको लामो बसाइलाई अन्त गर्दै आफ्नै मातृ भुमि नेपाल फर्कदै हुनुहुन्छ  |    फोनमार्फत दिएको जानकारी अनुसार यहि   डिसेम्बर २७ तारिख का  दिन उहा  नेपाल फर्कन लाग्नु भएको हो | उहा लामो समय कोरिया मा अबैधानिक बस्दै आउनु भएता पनि उहा सो-इक्षाले  नेपाल जान लाग्नु भएको हो |  उहा प्रदेश मा रहेर पनि आफ्नो व्यस्तताका बाबजुत म्याग्दी समाज समिति दक्षिण कोरियाका साथै विभिन्न  संघ सस्थामा संलग्न रहदै आउनु भएको छ  | 
किन   नेपाल जान लाग्नु भएको हो? भन्ने प्रश्न मा  उहाले फोनमा  भन्नु भयो पैसा भन्ने चिज मान्छे लाइ जति भए पनि पुग्दैन आफुसंग जति छ अहिले सम्म जति कमाए त्यसैलाई नेपाल गएर राम्रो ठाउमा लगानी गरेर केहि गर्ने सोचाई छ प्रदेशमा कति दुख गरि राख्नु आफुले १ बित्ताका छोडेर आएका छोरा छोरि आफु भन्दा ठुला भैसके तिनीहरुलाई पनि आफ्नो सस्कार सिकाउनु पर्योनी आफ्नो छत्र छायामा हुर्काउन नपाएपनि केहि बाटो त देखाइदिनु पर्योनी अनि हामि पुराना गएपो नयाले अवसर पाउलान नि हामि यहाँ भएका नजाने हो भने ति १५ हजारले कहिले पालो पाउने त्यसैले म नेपाल जादै छु  
Read More

भुप अध्यक्ष स्वर्गिय बिरु रोकाज्युको सम्झनामा........................

December 5, 2011

भरत तुलाचन, सउल कोरिया
गत साल डिसेम्बर ५ तारिख बिहान ६ बजे, अर्थात ठीक आजकै दिन एकाबिहानै मोबाईलमा बजेको अशुभ घण्टीले मस्त निन्द्रामा रहेको मलाई बिउंझाईदियो । निन्द्रा भित्र एकाबिहानै बजेको मोबाईलको अशुभ दोश्रो घण्टीमै फोन उठाएं । म्याग्दी समाजका अध्यक्षले फोन गर्नु भएको रहेछ , उठाउंदा साथ उहांले भन्नु भयो - स्वल्टी ! बरबाद भो बिरु दाई उठेनन रे -
म कराएं , हंऽऽऽऽऽऽ के भनेको ? मैले सोधें ................ (झट्ट सुन्दा निन्द्राबाट बिउंझिनु भएको छैन कि जस्तो लाग्यो) उताबाट पुन आवाज आयो, बिरु दाई सिद्दिए रे....
मलाई गत चार बर्ष अगाडी स्वर्गिय रोशन शाही ऊईजंबु को धक्केरी मा सुतेको सुत्यै भएको घटना याद आयो । जुन घटना हुंदा म र स्व. बिरु रोका ज्यु (बिरु जेठान) संगै थियौ । उहांलाई अघिल्लो दिन प्रशान्त तामाङको कार्यक्रम हेरेर संगै फर्कदै बोमसाल (रुघाको कामज्वरो ) भएको थियो । ओछ्यान् मै  बिहान ७ बजे तिर उहांको मोबाईलमा फोन आयो , उताबाट दिपक खड्काले दाई रोशन त सुतेको सुत्यै भएर अस्पताल पुर्याई सकेको खबर आयो । उहां दुई दिन अगाडी सम्म म्याग्दी समाजका अध्यक्ष रहनु भएकोले पनि सायदै उहांलाई नै पहिलो फोन आएको थियो । हतार हतार राजधानी सउलबाट ट्याक्सी चढेर हामी धक्चङनी अस्पताल गएको सम्झना ताजै थियो ।
त्यो बिहान फोनमा सुनिएको आवाजले म भावविह्हल भएं । तुरुन्त रुम पार्टनर साथीहरुलाई फोन लगाए‌ ।  रुममा प्रहरीहरु र ११९ का कर्मचारीहरु आई सकेका रहेछन । मृत शरिरलाई क्षणभरमै अस्पताल पुर्याईने जानाकारी पाएं ।  आखिर जे हुनु भईसकेको रहेछ ।
आज  पुन: उहांको याद आयो , यो बिदेशी भूमिमा म र उहां बीचको सम्बन्ध यति आत्मिय र अगाढ थियो कि सायदै त्यो म बर्णन गर्नै सक्दिन ।  Read More

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP