म्याग्दी समाजकी सक्रिय सदस्य पार्वती बरुवालको बिदाई कार्यक्रम सम्पन्न

May 31, 2009

म्याग्दी समाज समितिकी सक्रिय सदस्य श्रीमती पार्वती बानिंया (बरुवाल) आगामी जुन ११ तारिख स्वदेश फर्कन लाग्नु भएकोले उहांको सम्मानमा म्याग्दी समाज समिति दक्षिण कोरियाले एक समारोहका साथ बिदाई कार्यक्रमको आयोजना गरेको छ । सउल तोङदेमुन स्थितनिर्माणाधिन लुम्बिनी रेष्टरेण्ट २ को सभा कक्षमा सम्पन्न बिदाई कार्यक्रम समाजका अध्यक्ष नर बहादुर पुनको सभापतित्व र भुपुअध्यक्ष तथा बरिष्ठ सल्लाहकार बिरु रोकाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । More Report and Photos......

म्याग्दी भलिबल रनिङ कप २००९ सफलताका साथ सम्पन्न पर्वत सेवा समाज बिजयी लम्जुङका नरविर गुरुङलाई भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार

May 17, 2009

म्याग्दी समाज समिति दक्षिण कोरियाको आयोजनामा सम्पन्न प्रतिस्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कप २००९ अति भब्य र सफलताको साथ सम्पन्न भएको छ । कार्यक्रममा पर्बत सेवा समाज ले यसपालिको म्याग्दी रनिङ कपमा बिजय हासिल गरेको छ । More Report and photos

ब्यवसायी बिनोद कुंवरबाट म्याग्दी समाजलाई बिशेष सहयोग

May 14, 2009

भरत तुलाचन,सउल
कोरियाली भूमिमा सफल ब्यबसायीको रुपमा चिनिनु हुने म्याग्देली युवा तथा म्याग्दी समाज समिति दक्षिण कोरियाका सल्लाहकार श्री बिनोद कुंवरले समाजको आयोजनामा हुन गईरहेको म्याग्दी कप २००९ को लागि म्याग्दी टीमलाई आवश्यक जर्सी सहयोग स्वरुप उपलब्ध गराउनु भएको छ । उक्त जर्सी सउल चोङगाक स्थित दुर्गा रेष्टुरेण्टमा म्याग्दी टीम क्याप्टेन राम खड्कालाई हस्तान्तरण गर्नु भएको हो । स्मरणिय रहोस् बिगत बर्षको आयोजनामा अर्का म्याग्देली सफल ब्यबसायी लक्षुमण बोगटीले समाजलाई खेलाडीहरुको लागि आबश्यक जर्सी उपलब्ध गराउनु भएको थियो ।

हार्दिक निमन्त्रणा

बिश्वमा समृद्दिशाली राष्ट्रमा गनिने सुबिधा सम्पन्न कोरियाली भूमिको परिवेशमा रहेर पनि जन्म भूमि र हुर्के बढेको गांऊठाऊंको मायां ममता र सम्झनामा बेला बखत भेला भई आपसमा सुख दुख बांढनु र हरेक नेपालीहरु बीच पारस्परिक सहयोगको आदान प्रदानमा सहयोग पुग्नुको साथै प्रवासिएका खेलाडीहरुको खेल स्तर खस्कन नदिन म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्दी कप भलिबल प्रतियोगिताको आयोजना हरेक बर्ष गर्दै आईरहेको छ । साथमा भाग्यशाली चिट्ठा समेत रहेको म्याग्दी कप भलिबल प्रतियोगितालाई ऐतिहासिक एवं उल्लासमय बनाउन कोरियामा रहनु भएका बिभिन्न पेशामा आबद्द आदरणिय महानुभावहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं ।
नारायण बरुवाल
उपाध्यक्ष म्याग्दी समाज समिति दक्षिण कोरिया

म्याग्दी रनिङ कप २००९ मा सहभागि टीमहरु यसरी प्रतिस्प्रर्धा गर्ने छन

May 10, 2009

म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी हप्ता अर्थात मे १७ तारिख आईतबारको दिन आयोजना गर्न गईरहेको म्याग्दी रनिङ कप २००९ मा प्रतिस्प्रर्धा गर्नको लागि खेल तालिका तय भएको छ । म्याग्दी समाज समिति दक्षिण कोरियाले भलिबल टीम दर्ताको लागि हिजो १० तारिख आईतबार सम्म आब्हवान गरे अनुसार सहभागि टीमका एक एक जना पर्तिनिधिहरुको उपस्थितिमा हिजै गोला प्रणाली मार्फत म्याग्दी रनिङ कप २००९ को खेल तालिका तय भएको हो । More...

म्याग्दी रनिङ कप २००९ को खेल तालिका

ठुलो साईजमा हेर्न स्क्रिनमा क्लिक गर्नुहोस् ।

बिकास निर्माणमा तल्लिन म्याग्देलीहरुको उदाहरणिय काम

May 8, 2009

प्रसिद्ध पर्यटकीय स्थल अन्नपुर्ण संरक्षण क्षेत्र अर्न्तर्गत म्याग्दीको नारच्याङ, दाना घार, शिख र पाउद्धार गाविसका बासिन्दा पर्यटकीय क्षेत्रको गुरूयोजना बनाउन लागेका छन् । More..

म्याग्दी कपको प्रतिस्प्रर्धामा ८ टीम भन्दा बढि हुन सक्ने

May 4, 2009

म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी मै १७ तारिख आयोजना गर्न लागि रहेको प्रतिस्प्रर्धात्मक भलिबल म्याग्दी रनिङ कपमा प्रतिस्प्रर्धा गर्न हाल सम्म ८ टीमको निश्चित भई सकेको छ । आगामी आईतबार सम्ममा थप टीमहरुले सहभागिता जनाउने सम्भावना प्रवल रहेको कुरा समाजका अध्यक्ष नर बहादुर पुनले बताउनु भएको छ । साथै मै १० तारिख आईतबार दिनको १२ बजे सहभागि संघ संस्थाहरुका एक एक जना प्रतिनिधिहरु तथा म्याग्दी समाज समितिका काकास सदस्यहरुलाई तोङदेमुन स्थित नमस्तेरेष्टुरेण्टमा उपस्थितिको लागि अनुरोध गरिएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP