यस्तो छ , लखन थापा स्मृति कपमा सहभागि हुने म्याग्देली खेलाडीहरुको नाम लिष्ट

July 25, 2010

नेपाल मगर संघ दक्षिण कोरियाले आयोजना गर्न गई रहेको लखन थापा स्मृति कपमा सहभागि हुन म्याग्दी समाज समितिले म्याग्देली खेलाडीहरुको नाम लिष्ट तयार गरेको छ ।

लखन थापा स्मृति कपको खेल टाईशीट तयार

btulachan,seoul korea
नेपाल मगर संघ दक्षिण कोरियाले आगामी हप्ता आयोजना गर्न गईरहेको लखन थापा स्मृतिकप भलिबल खेल प्रतियोगिताको खेल टाईशीट आज आईतबार तयार भएको छ । आयोजनामा कोरियामा कृयाशिल संघसंस्थाका  १२ टीम सहभागि भएका छन । अगष्ट १ तारिख बिहान १० बजे देखि शुरु गरिने उक्त आयोजनाको पहिलो खेल  गुल्मी सम्पर्क समिति र  आपत्कालिन सेवा समाज बिच हुने छ । भने तेश्रो खेल खेल्न म्याग्दी समाज समिति र लभ ईन नेपाल तयारी अबस्थामा रहनु पर्ने भएको छ ।

संसारमै कम उमेरकी ३ बर्षे नेपाली गायीका

July 19, 2010

३ वर्षकी अतिथि गौतम केसीले सबलाई अचम्ममा पारिदिएकी छिन्। २ वर्षको उमेरदेखि नै गाउन थालेकी अतिथिको हिजो गीति एल्बम रिलिज भएको छ। एल्बम रिलिजको क्रममा ‘लाइभ’ सारेगमलाई सुर नबिगारी गाइदिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षण बन्न पुगिन् अतिथि। नेपाली सञ्चार माध्यमले मात्र हैन, विदेशी समाचार एजेन्सीले पनि यो समाचारलाई प्रसार गरे। विश्व कै कम उमेरकी गायिकाको रुपमा गिनिज बुकमा नाम लेखाउने प्रक्रिया अघि बढाइसकेकी बालिकाको कस्तो छ त  गीत? कस्तो छ त  सुर?  म्युजिक भिडियो  हेर्न यहां क्लिक गर्नुहोस

म्याग्दी समाज समितिले लखन थापा स्मृति कपमा सहभागिता जनाउने

July 15, 2010

नेपाल मगर संघ दक्षिण कोरियाले आगामी अगष्ट १ तारिख आईतबार आयोजना गर्न गईरहेको लखन थापा स्मृति कप भलिबल प्रतियोगितामा आफ्नो भलिबल टीम सहित सहभागिता जनाउने भएको छ । नेपाल मगर संघले कोरियाली भूमिमा सम्भवत: पहिलो पल्ट आयोजना गर्न लागेको भलिबल प्रतियोगितामा म्याग्दी समाज समिति दक्षिण कोरियाले सहभगिता जनाउन लागेको हो ।

स्पेनले जित्यो विश्वकप

July 11, 2010

नेदरल्यान्डसलाई १-० ले हराउँदै स्पेनले विश्वकप जितेको छ।  स्पेनले जे होस् पहिलो पटक विश्वकप जितेर धेरै नयाँ कीर्तिमान बनायो। युरोपबाहिर आयोजित विश्वकपमा युरोपेली टिमले जितेको यो पहिलो अवसर हो। अनि सुरुको खेल हारेर पनि विश्वकप उपाधि जित्‍ने एक मात्र टिम पनि स्पेन नै बन्न पुग्यो। नेदरल्यान्डस भने तीन तीन पल्ट फाईनलमा पुगेर पनि पुन: हार बेहोर्न पुगेको छ ।

के तपाई बेरोजगार हुनु हुन्छ ? एक जनाको लागि काम छ रे है !

July 6, 2010

कोरियाको आनसान शहर नजिकै स आन्सान भन्ने ठाऊंमा कुखुरा कात्ने कम्पनीमा काम भएकोले यदि कसै बेरोजगार हुनुहुन्छ भने त्यता जाने की ?
तलबको प्रकार : १३ देखि १४ लाख सम्म रे ।
कोठा र खानाको ब्यबस्था दिने रे ।
हाललाई १ जना मात्र रे । चाहिएको आज भोलि नै ।
सम्पर्क : ०१० २३९९ ८४१० ( भरत सउल )

हार्दिक बधाई ! शुष्मा तुलाचनलाई

July 2, 2010

 म्याग्दी समाज समिति दक्षिण कोरियाका सचिब भरत तुलाचनकी सुपुत्री शुष्मा तुलाचनले यसपालीको प्रवेशिका प्रमाण पत्र तह (एस एल सी) मा उत्कृष्ट अंक ल्याई बिशिष्ट श्रेणी ( Distinction ) मा उतिर्ण भएकोमा म्याग्दी समाज समिति दक्षिण कोरिया हार्दिक बढाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP