मे १ तारिख आईतबार म्याग्दी समाज कार्य समितिको बैठक बस्ने

April 26, 2011

म्याग्दी समाज समिति दकषिन कोरियाले आयोजना गर्न लागेको प्रतिष्प्रर्धातमक भलिबल खेल -म्याग्दी कपको- तयारी गर्नको लागि मे १ तारिख आईतबार म्याग्दी समाज कार्य समितिको बैठक बस्ने भएको छ । बैठकमा आग्यशाली चिट्ठाको टिकट बितरण तथा आबश्यक सामग्रीहरुको तयारी हुने छ । बैठकमा उपस्थित भईदिनु हुन कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु तथा म्याग्देली दाजुभाईतथा दिदी बहिनीहरुलाई हार्दिक अनुरोध छ ।
स्थान: तोङदेमुन स्थित नाकसान भिल्लेज
समय: १२ बजे ।

म्याग्दी समाज भलिबल टीम पुन: असफल

April 25, 2011

नेपाल सम्पर्क समिति दक्षिण कोरियाले हिजो आईतबार आयोजना गरेको एन सिसी रनिङ कपमा म्याग्देली टीमले सहभागिता जनाएपनि सेमिफईनल खेलमा नेपाल भलिबल संघ नामक नयां टीम संगको प्रतिष्प्रर्धामा बाहिरिनु पर्यो । ठूलो जमातमा हुटिङ गर्न पुगेका म्याग्देलीहरुलाई माङवलसानको भलिबल ग्राउन्डले पुन: एक पल्ट निराश तुल्याईदियो । Read More...

तेश्रो एन सि सी रनिङ कपमा म्याग्दी समाज घान्द्रुक समाजसंग पहिलो खेल खेल्ने

April 20, 2011

नेपाल सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गर्न गई रहेको तेश्रो एन सि सी रनिङ कपमा  म्याग्दी समाज आयोजनाको छैठौ खेलमा घान्द्रुक समाजसंग पहिलो खेल खेल खेल्नु पर्ने भएको छ । घान्द्रुक समाजसंगको पहिलो खेलमा बिजय हांशिल गरेमा सिधै सेमिफाईनल खेलमा प्रबेष गर्न पाईने भएको छ । १२ टीमले सहभागिता जनाएको उक्त प्रतियोगितामा नव प्रबेषी टीमहरुको बाहुल्यता रहेको पाईएको छ ।

कसरी जान सकिन्छ ईन्छन स्थित अस्पतालमा ?

April 16, 2011

गत सुक्रबार कम्पनीको कामको सिलसिलामा दुर्घटनामा परि अस्पताल भर्ना हुनु भएका म्याग्दी समाजका अध्यक्ष नर बहादुर पुनलाई भेट्न जान चाहानु हुने महानुभावहरु तलको तरिका अनुसार जान सक्नु हुने छ ।

अस्पताल- ईन्छन स्थित बोराम छङह्यङ उईख्वा उईवन
जाने तरिका- १ नम्बर लाईन बाट बुफ्यङबाट केयाङ जाने लाईन समातेर छाकछन स्टेशनमा झर्ने, १ नम्बर गेटबाट ५८८ नम्बरको बस प्रयोग । वा ट्याक्सीबाट 5 मिनेटको यात्रा पश्चात अस्पतालकै अगाडी पुग्न सकिन्छ ।  अस्पतालको ३ फ्लर रुम नम्बर ३२३  । अस्पताल सम्पर्क- 032 554 1784

म्याग्दी समाजका अध्यक्ष अस्पतालमा,लामो समय अस्पताल बस्नु पर्ने सम्भावना

April 15, 2011

म्याग्दी समाज समिति दक्षिण कोरियाका अध्यक्ष नर बहादुर पुन आकष्मिक रुपमा ईन्छन स्थित एक अस्पतालमा भर्ना हुनु भएको छ । आज सांझ थसेस अध्यक्ष भक्त सेरचनले दिनु भएको जानाकारी अनुसार दिंउसो कम्पनीमा कामकै सिलसिलामा दुर्घटनामा पर्नु भएकोले आकष्मिक रुपमा अस्पतालमा भर्ना हुनु परेको हो ।  घटनाको बारेमा  पूर्ण जानाकारी प्राप्त हुन नसकेता पनि कुम र टाउकोको बिचमा रहेको हड्डी फुटेको थाहा भएको छ । ईन्छन शहर स्थित एक मासु कम्पनीमा कार्यरत उहां आज दिउंसो दुर्घटनामा पर्नु भएको हो । थप जानाकारी र असपतालको बारेमा थप जानाकारी राखदै जाने छु हेर्दै गर्न होला म्याग्दी समाज कोरिया ब्लग...........

माङवलसानमा म्याग्दी रनिङ कपको आयोजना हुने, १० तारिख आईतबार कार्य समितिको बैठक बस्ने

April 6, 2011

म्याग्दी समाज समिति दक्षिण कोरिया कार्य समितिको बैठक यसै हप्ता बस्दैछ । म्याग्दी रनिङ कपको आयोजना,एन सिसी कपमा सहभागिता,म्याग्देली सांगितिक सौगातको बांकी हिसाबकिताब लगायतका बिषयहरु माथि बैठकमा छलफल हुने थाहा भएको छ । बैठक स्थलको लागि शनिबार सम्मा निश्चित हुने भएको छ भने आगामी जुन ५ तारिख आईतबार आयोजना हुने म्याग्दी रनिङ कपको लागि माङवलसानको हल पक्का भएको जानाकारीमा आएको छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP