दुबै हात गुमाएर अस्पतालमा रहेकी म्याग्देली चेली लिला रामजालीको आर्थिक सहयोगार्थ कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई सहभागि हुन हार्दिक अनुरोध गर्दै समाजले निर्णय गरेको प्रति ब्यक्ति न्युनतम बीस हजार ओन देखि माथि आफू सक्दो सहयोग रकम पठाउन म्याग्दी समाज समिति हार्दिक अनुरोध गर्दछ । तल उल्यखित समाजको बैङक खाता नम्बरमा सिधै वा सहयोग रकम उठाउन जिम्मेवार आ-आफनो क्षेत्रका प्रतिनिधिहरु मार्फत दर्ता गर्न सकिने छ । तपाईले सहयो गरेको रकम र ब्यक्तिगत बिबरण यसै ब्लगमा तुरुन्ता तुरुन्तै दर्ता गराईने छ ।
सिर्फ तीन रति सुनको लागि अबोध नानीको ज्यान लिने राक्षसी अनुहार हेर्नुस
November 17, 2011
बालकले कानमा लगाएको तिन रती सुनको मुन्द्राको लोभमा म्याग्दीको सिंगा गाविसमा केहि महिनादेखि बस्दै आएका एक व्यक्तिले स्थानीय ६ वर्षिय बालकको अपहरण पश्चात म्याग्दी खोलामा ज्यूँदै फालेर हत्या गरेको छ । बाग्लुङ भई चार महिना अगाडी देखि सिंगा गाविसको तातोपानी बजारमा सुनचाँदीको काम गर्दै आइरहेको १९ वर्षिय सुबास कुमार बिकले कुहुं गाविस–४ बस्ने टकदेबी फगामीका ६ वर्षिय छोरा निकेस फगामीको अपहरण गरि ज्यूँदै म्याग्दी खोलामा फालेको हो । बालकका आफन्तका अनुसार बिकले एक हप्ता अगाडी बालकलाई औंठी बनाइदिने र बेनीबजार घुम्न लैजाने लोभ देखाएका थियो ।
बालकले कानमा लगाएको तिन रती सुनको मुन्द्राको लोभमा म्याग्दीको सिंगा गाविसमा केहि महिनादेखि बस्दै आएका एक व्यक्तिले स्थानीय ६ वर्षिय बालकको अपहरण पश्चात म्याग्दी खोलामा ज्यूँदै फालेर हत्या गरेको छ । बाग्लुङ भई चार महिना अगाडी देखि सिंगा गाविसको तातोपानी बजारमा सुनचाँदीको काम गर्दै आइरहेको १९ वर्षिय सुबास कुमार बिकले कुहुं गाविस–४ बस्ने टकदेबी फगामीका ६ वर्षिय छोरा निकेस फगामीको अपहरण गरि ज्यूँदै म्याग्दी खोलामा फालेको हो । बालकका आफन्तका अनुसार बिकले एक हप्ता अगाडी बालकलाई औंठी बनाइदिने र बेनीबजार घुम्न लैजाने लोभ देखाएका थियो ।
दुबै हात गुमाएकी म्याग्देली चेलीको सहयोगार्थ चन्दा संकलन कार्यलाई तिब्र पारिने
November 13, 2011
कम्पनी दुर्घटनामा परि दुबै हातको हत्केला गुमाउन पुगेकी म्याग्दी जिल्ला कुंहु गाबिसकी २३ बर्षिय लिला रामजालीको आर्थिक सहयोगार्थ म्याग्दी समाज समिति दक्षिण कोरियाले चन्दा संकलन कार्यलाई तिब्रताका साथ अगाडी बढाउने निर्णय गरएको छ । निर्णयानुसार कोरियामा रहेका हरेक म्याग्देलीहरुलाई प्रति ब्यक्ति न्युनतम बीस हजार ओनको दरले अनिबार्य रुपमा सहयोग स्वरुप उठाउने छ । अस्पताल खर्च लगायतका सम्पूर्ण रकम कम्पनी मालिकले बेहोर्ने भएता पनि प्रवासी भूमिमा एक जना म्याग्देली चेलीलाई परेको यस दुखद परिस्थितिमा कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरु एक भई सहयोग गर्नु पर्ने निर्क्योल निकाल्दै समाजले अनिबार्य चन्दा संकलन गर्ने निर्णय गरेको हो । कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरु तथा ईच्छुक प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई यस पुण्य कार्यमा सहभागि भई आफू सक्दो सहयोग गर्नु हुन म्याग्दी समाज समिति दक्षिण कोरिया हार्दिक अनुरोध गर्दछ ।
म्याग्दी समाज समिति दक्षिण कोरियाको नियमित बैठक सम्पन्न
म्याग्दी समाज समिति दक्षिण कोरिया आठौं कार्य समितिको १९ औ नियमित बैठक आज राजधानी सउलको तोङदेमुन स्थित डांडा गाऊंमा सम्पन्न भएको छ । समाजका अध्यक्ष नर बहादुर पुनको अध्यक्षतामा सम्पन्न बैठकमा कार्य समितिका १४ जना सदस्य उपस्थित रहेको थियो । आज बसेको बैठकले दुबै हात गुमाएकी म्याग्देली चेली र ब्रेन ट्युमरको अप्रेशन गरि अस्पताल रहेका मोरङ निवासी बिज्ञान राईको सहयोगार्थ छुट्टाछुट्टै चन्दा संकलन गर्ने निर्णय गरेको छ । साथै बैठकले माईग्रान्त ट्रेड युनियन (MTU) ले पठाएको आर्थिक सहयोगको पत्रानुसार ५१००० वन सहयोग गर्ने निर्णय गर्नुको साथै म्याग्देली डाता संकलन कार्यलाई अन्तिम रुप दिएको छ ।
नोभेम्बर १३ तारिख आईतबारको दिन म्याग्दी समाज समिति दक्षिण कोरियाको बिशेस बैठक बस्ने
November 6, 2011
आगामी नोभेम्बर १३ तारिख आईतबारको दिन म्याग्दी समाज समिति दक्षिण कोरियाको बिशेस बैठक बस्ने भएको छ । बैठकमा दुबै हात गुमाउन पुगि अस्पतालमा रहेकी म्याग्देली चेलीको सहयोगार्थ आर्थिक जोहो लगायत अन्य बिषयहरु माथि बिशेस छलफल गरिने छ । राजधानी सउलको दोङदेमुन स्थित डांडागाउंमा बसिने उक्त बैठकमा कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु ,खेलाडीहरु लगायत सम्पूर्ण ईच्छुक म्याग्देलीहरुमा हार्दिक अनुरोध गरिन्छ ।
स्थान-दोङदेमुन स्थित डांडागाउं(सह-कोषाध्यक्ष निवास)
मिति-२०११ -११-१३
समय- दिनको १ बजे
स्थान-दोङदेमुन स्थित डांडागाउं(सह-कोषाध्यक्ष निवास)
मिति-२०११ -११-१३
समय- दिनको १ बजे
Subscribe to:
Posts (Atom)





