म्याग्दी समाज समिति धन्यबाद नदिइरहन कहा सक्छर ..

January 30, 2012

जन्मभुमि म्याग्दी रहि कोरियालाइ कर्म भुमि बनाउदै आएका म्याग्देलि हरुको दुख सुख बिसाउने चौतारि हो म्याग्दी समाज। यिनै म्याग्देलीहरुको सहयोगमा समाजले कोरियामा आफ्नो गतिबिधिहरु गर्दै आइरहेको छ।यस प्रदेशी भुमिमा जे जति कार्यक्रम हुन्छ सम्पुर्ण नेपालिहरुको सहयोग र बिशेषत म्याग्देलि हरुको सहयोग रहने गर्दछ। ंम्याग्दी सामाज  आठौ कार्यसामिति पार गर्दै गत हप्ता देखी उल्लेख्य म्याग्देलिहरुको उपस्थितिमा नया कार्यसामिति चयन गर्दै नवौ कार्यसमितिमा प्रबेश गरेको छ। 
यहा हरु आफ्नो ब्यस्तताका बाबजुत पनि उपस्थित भइ आ-आफ्नो तर्फबाट गर्नु भएको सहयोग प्रति समाज हार्दिक धन्यबाद ब्यक्त गर्दछ। साथै सो दिन समाजलाइ बिशेष सहयोग गर्नुहुने घार निवासि श्री राम बहादुर क्षत्री प्रति म्याग्दी समाज बिशेष धन्यबाद ब्यक्त गर्दछ। पछिल्ला दिनहरुमा पनि यहाहरुको सहयोगको अपेक्षा राख्दछौ। 

म्याग्देली चेली लिला रामजालीबाट सहयोगी सबैलाई फेशबुक मार्फत धन्यबाद ज्ञापन

January 24, 2012

Lila Ramjali
korea ma rahenu vayaka jati pani nepali daju bhae dd bahini harule malae sahayog garnu vayako ma dharae dharae dhannebat bises gari myagdi samaj korea le gareko sahayog parti aabhar bekta garda6u thanku myagdi samaj korea
ठूलो दुर्घटनामा परेकी म्याग्देली चेली लिला रामजालीबाट आफूलाई सहयोग गर्ने  सबै नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई  आफ्नो फेशबुकको स्टाटस  मार्फत धन्यबाद ज्ञापन गरेकी छिन । साथै म्याग्दी समाज कोरियाको सकृयता प्रति समेत हार्दिक आभार र धन्यबाद ब्यक्त गरेकी छिन ।

दुबै हात गुमाएकी म्याग्देली चेली लिला रामजालीको सहयोगार्थ ५० लाख ओन भन्दा बढि संकलन

म्याग्दी जिल्ला कुंहु गाबिसबाट ईपियस भीषा मार्फत कोरिया आई कार्यरत रहंदा कम्पनीको मेशिनमा दुबै हात परि दुबै हातको पन्जा लगाउने भाग सम्म गुमाउन पुगेकी बर्ष २३ की लिला रामजालीको सहयोगार्थ म्याग्दी समाज समिति दक्षिण कोरियाले शुरु गरेको चन्दा सहयोग संकलन कार्य सन्तोष जनक रुपमा अगाडी बढिरहेको छ । कोरियाली महान पर्व सलनालको अबसरमा कोरिया स्थित गोरखा परिवार र मुस्ताङ परिवारले आयोजना गरेको सांस्कृतिक कार्यक्रमबाट हजारौ प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले सहयोग गरेका छन । जसमध्य, पहिलो दिनको गोरखा परिवारको कार्यक्रमका हजारौं दर्शकहरुबाट:- २० लाख २१ हजार ३०० ओन र दोश्रो दिन सम्पन्न मुस्ताङ परिवारको कार्यक्रमका हजारौं दर्शकहरुबाट:- २४ लाख २७ हजार ८०० ओन गरि दुई दिनको कार्यक्रमबाट जम्मा:- ४४ लाख ४८ हजार १०० ओन संकलन गरिएको छ । कोरियामा रहेका हरेक म्याग्देलीहरुलाई न्युनतम २०,००० वनको दरले अनिबार्य गराईएकोले हाल संकलित र संकलन हुन बांकी रकमलाई यथासिघ्र छिटो संकलन गरि बिरामीलाई हष्तान्तरण गरिने छ ।  साथै चन्दा संकलन कार्यमा सहयोग गर्नु  हुने चेलीबेटी लगायतका कार्य समितिका पदाधिकारीहरुलाई म्याग्दी समाजका नव नियुक्त अध्यक्ष श्री भरत तुलाचनले हार्दिक धन्यबाद ब्यक्त गर्नु भएको छ ।

भरत तुलाचनको अध्यक्षतामा १८ सदस्सीय नवौ कार्य समितिको चयन

गत आईतबार राजधानी सउलको दोङदेमुनमा सम्पन्न म्याग्दी समाज समिति दक्षिण कोरियाको नवौ साधारण सभाले सातौ र आठौ कार्य समितिका सचिव भरत तुलाचनको अध्यक्षतामा १८ सदस्सीय नवौ कार्य समितिको चयन गरेको छ । सभाले नवौ कार्य समितिलाई सशक्त रुपमा अगाडी बढाउन  ३ जना उपाध्यक्ष रहने सक्ने  गरि बिधानमा थप गरेको छ । प्राय नयां अनुहारको बाहुल्यता रहेको नवौ कार्य समितिको बिबरण यस्तो छ । 
अध्यक्ष-भरत तुलाचन (छिस्बाङ)
उपाध्यक्ष-सुवाष श्रेष्ठ (बेनी)
उपाध्यक्ष-रामकृष्ण पुन (शिख पाउदार)
उपाध्यक्ष-लोक बानियां (पुलाचौर)
सचिव- बाबुराम शर्मा (पुलाचौर)
सह सचिव- कर्ण पाईजा मगर (भुरुङ तातोपानी)
कोषाध्यक्ष- मनु रोका  (नेटा)
सह- कोषाध्यक्ष- आकाश केसी ( ताकम)
सदस्यहरुमा- सुशिला रामजाली(बेनी)  लोक भट्टराई (बिम )  पुर्ण तुलाचन(छिस्बाङ) याम हर्मेल ( ताकम)सेखर राना(घतान ) सलिना श्रेष्ठ(बेनी) गणेश रिजाल(राखु ) भिम माया पुन(घोरेपानी) रेशम छन्त्याल(मल्कबाङ) र मनाराम पुन (  ) रहनु भएको छ ।

म्याग्दी समाज समितिको नवौ साधारण सभा भब्यताको साथ सम्पन्न,

January 22, 2012

म्याग्दी समाज समिति दक्षिण कोरियाको नवौ साधारण सभा कोरियाको राजधानी सउलको दोङदेमुन  स्थित नमस्ते रेष्टुरेण्टमा भब्यताको साथ सम्पन्न भएको छ ।  म्याग्दी समाजका अध्यक्ष श्री नर बहादुर पुनको सभापतित्व र एन आर एन कोरियाका भुपु अध्यक्ष .श्री बिनोद कुंवरको प्रमुख आतिथ्यमा सम्पन्न नवौ साधारण सभाको बिशेष अतिथिहरुमा थसेस कोरियाका अध्यक्ष श्री भक्त सेरचन, म्याग्दी समाजका सल्लाहकार श्री ओम जुग्जाली, सल्लाहकार .श्री रबिन छन्त्याल,खेलकूद अध्यक्ष श्री झलक आचार्य,बरिष्ठ भलिबल खेलाडी श्री मुक्त केसी र बिशेष सल्लाहकार श्री यु कुमार मल्ल रहनु भएको थियो । करिव १२० जना म्याग्देलीहरुको बृहत उपस्थितिमा सम्पन्न साधारण सभामा कोषाध्यक्ष द्दय रत्न छन्त्याल र सुरेश राना मगरले आठौं कार्य समितिको दुई बर्षे कार्यकालको कोष सम्बन्धि सम्पूर्ण बिबरण पेश गर्नु भयो भने सचिव भरत तुलाचनले  आठौं कार्य समितिको गतिबिधिहरु सहितको प्रतिबेदन पेश गर्नु भएको थियो । साथै उक्त साधारण सभाले भरत तुलाचको अध्यक्षतामा नवौ कार्य समितिको चयन गरेको छ ।

म्याग्दी जिल्ला सदरमुकाम बेनीबजारमा म्याग्दी महोत्सव सुरु

January 13, 2012

मुल आयोजनामा शुक्रबार देखी सदरमुकाम बेनीबजारमा म्याग्दी महोत्सव तथा बहु-जिल्लास्तरिय कृषि औद्योगिक ब्यापारिक मेला सुरु भएको छ । उद्योग व्यापार र कलाको विकास गरौं संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबर्धन गरौं भन्ने मुल नाराका साथ आयोजना हुन लागेको महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष भास्कर राज कर्णिकारले उद्घाटन गर्नुभएको थियो ।महोत्सवको अवसरमा विभिन्न जातिय संघसंस्था विद्यालय लगायतले तामधामका साथ बजार परिक्रमा गरेका थिए । More...

यसै हप्ताको आईतबार आठौं कार्य समितिको अन्तिम बैठक बस्ने

January 10, 2012

यसै हप्ताको आईतबार अर्थात जनवरी १५ तारिखको दिन म्याग्दी समाज समिति दक्षिण कोरिया आठौं कार्य समितिको अन्तिम बैठक बस्दै छ । राजधानी सउलको दोङदेमुनमा बस्ने उक्त बैठकले दुई बर्षे कार्याब्धिको सम्पूर्ण आर्थिक हिसाब बिबरण तयार गर्नुको साथै आगामी सलनालको पहिलो दिन सम्पन्न हुन गईरहेको नवौं साधारण सभाको बिशेष तयारी गर्ने छ । नवौं साधारण सभाको बिशेष तयारी स्वरुप बस्न लागेको आठौं कार्य समितिको अन्तिम बैठकमा सहभागि हुन कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु तथा सल्लाहकार सदस्य ज्युहरुलाई तल उल्यखित स्थान र समयमा अनिवार्य  उपस्थित भईदिनु हुन हार्दिक अनुरोध गरिएको छ ।
स्थान: दोङदेमुन स्थित डांडा गाऊं
समय: दिनको १२ बजे ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP