पर्दा भित्रको बिदाई कार्यक्रमका झलकहरु ।

July 31, 2009

म्याग्देली टीमका कुशल खेलाडी तथा तत्कालिन म्याग्देली टीम क्याप्टेन राज कुमार पुनलाई बिदाई गर्ने क्रममा उपहार प्रदान गर्नु हुंदै म्याग्दी समाज समिति दक्षिण कोरियाका अध्यक्ष श्री बिरु रोका ।

अर्का खेलाडी कमलेश थापा काठमाडौमा, कोरियामा म्याग्देलीहरु नै बेखबर

बिगत ७ बर्ष देखि यहां कार्यरत म्याग्देली कुशल खेलाडी कमलेश थापा अध्यागमण बिभागको छापामा परि स्वदेश फिर्ता भईसक्नु भएको छ । म्याग्दी समाजका भुपु अध्यक्ष बिरु रोकाले एक हप्ता पछि मात्र जानाकारी पाए पछि म्याग्दी समाज कोरिया ब्लगलाई तुरुन्त जानाकारी दिनु भएको थियो । कम्लेश थापा राजधानी सउल नजिक धक्केरी भन्ने स्थानमा एक टेक्सटाईल कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । भुपु अध्यक्ष बिरु रोकाको अनुसार गत बिहिबार उईजङबु पोच्छन एरियामा कार्यरत म्याग्देली नृत्यकार सिमा पुन पनि एक कम्पनीमा कार्यरत अबस्थामै छापामा पर्नु भएको खबर प्राप्त भएको छ । हाल कोरियामा अबैध बिदेशी मजदूरहरु हटाउने अभियान अन्तर्रगत माबव रुपी शिकारीहरुको परिचालनलाई तिब्र पारेको छ । स्मरणिय रहोस, आफ्नै देशको नागरिकहरु जापान लगायतका देशमा पचासौं हजार अबैध रुपमा कार्यरत छन ।

एन आर एन कोरियाको अध्यक्षमा बिनोद कुवरले उम्मेद्दवारी दिने

July 28, 2009

आगामी अगष्ट २ तारिख आईतबारको दिन सम्पन्न हुने गैर आवसीय नेपाली संघ दक्षिण कोरियाको दोश्रो साधारण सभामा म्याग्दी समाजका सल्लाहकार तथा ब्यबसायी बिनोद कुंवरले अध्यक्ष पदमा उम्मेद्दवारी दिनुहुने भएको छ । निर्वाचन हुने करिव निश्चित रहेकोले मतदान प्रकृयामा भाग लिन एन आर एनको सदस्यता लिईसकेको हुनु पर्ने छ । त्यसकारण उक्त दिन सल्लाहकार बिनोद कुंवर ज्युको सपनालाई साकार बनाउन सम्पूर्ण म्याग्देलीहरु लागिपर्नु पर्ने भएको छ ।

यसरी भएन बिदाई कार्यक्रम

July 27, 2009

म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्देली चेली नमिता पुनको बिदाई भब्यरुपमा गर्ने योजना बनाएको थियो । तर समयाभावको कारण हुन सकेन ,यो दुखद पक्ष हो । नमिता पुनले करिव एक दुई हप्ता कोरियामा बस्न सक्ने बताए पछि अस्ती २५ गते शनिबार सांझ वा आईतबार दिउंसोको लागि बिदाई कार्यक्रम गर्ने योजना थियो तर भैदियो अर्कै । अकस्मात २० तारिखको दिन २३ को लागि टीकट ओके भएको भनाई आएपछि अध्यक्ष नर बहादुर पुनको सकृयतामा २१ तारिख सांझ कार्यकारिणी सदस्यहरुको उपस्थितिमा साधारण बिदाई गर्ने योजना तय भएको थियो । दिनभर फोन मार्फत प्राय: सबैलाई जानाकारी दिईयो । सबै आ-आफ्नो ब्यस्तताको बाबजूद पनि भेला हुन तयार भए । एकाएक ब्यक्तीगत उपहारहरुको जोहो गर्न भ्याई नभ्याई भयो सबैलाई । तर कार्यक्रम समय भन्दा करिब १ घण्ट अगाडी नमिता पुनले ब्यस्तता देखाउंदै कार्यक्रम नगर्न अनुरोध गरेको जानाकारीमा आएपछि बिदाई कार्यक्रम रद्द गर्नु परेको थियो ।

म्याग्देली चेली नमिता पुनको बिदाई कार्यक्रम गर्ने

July 19, 2009

गत हप्ता साईकल दुर्घटनाबाट कोरियाली अध्यागमणको फन्दामा परि स्वदेश फर्की सक्नु भएका समाजका भुपु सचिव,हालको सल्लाहकार तथा म्याग्दी भलिबल टीमका कुशल खेलाडी रामकृष्ण पुनकी धर्म पत्नी नमिता पुनको यसै हप्ता बिदाई कार्यक्रम गर्ने तयारी भईरहेको छ । नेपाल प्रस्थानको लागि उडान मिति तय भई नसकेता पनि हप्ता दश दिन भित्र नेपाल फर्कनको लागि तयारी गरि रहेको जानाकारी नमिता पुनले दिनु भएको छ । उहां म्याग्दी समाजका हरेक कृयाकलापहरुमा सकृय रुपमा सहभागि हुंदै आउनु भएको थियो । साथै म्याग्दी समाजका सकृय सदस्य कर्ण पुन आगामी २३ तारिखको दिन स्वदेश फर्कदै हुनुहुन्छ । उहां करिव १ महिनाको नेपाल बसाई पश्चात पुन: कोरिया आउनु हुने छ ।

उईजङबु धक्केरीको एक कम्पनीमा छापा दर्जनौ नेपाली पक्राउ

July 12, 2009

उईजंबुको धक्केरी स्थित एक मोजा कम्पनीमा एका बिहानै अध्यागमन बिभागका कर्मवारीहरुले छापा मार्दा म्याग्दी समाजका सदस्य दिपक खड्का सहित दर्जनौ नेपाली धरपकडमा परेको खबर छ । समाजका सल्लाहकार ओम गुग्जालीले दिनु भएको जानाकारी अनुसार दिउसोको काम शुरु हुना साथ अध्यागमन बिभागका कर्मचारीहरु एका बिहानै कम्पनी परिशरमा प्रबेश गरेका थिए ।

रामकृष्ण पुन मोकडोङ अध्यागमण बिभागमा, नेपाल जाने तयारी

July 11, 2009

म्याग्दी समाजका भुपु सचिव, बर्तमान सल्लाहकार तथा म्याग्दी भलिबल टीमका कुशल खेलाडी रामकृष्ण पुन हिजो सांझ भएको साईकल दुर्घटनाले गर्दा कोरियाली अध्यागमण बिभागको फन्दामा पर्नु भएको छ । हाल राजधानी सउलको मोग्दोङ अध्यागमण बिभागको बन्दी गृहमा रहनु भएका उहांलाई यसै हप्ता स्वदेश फर्कने वाताबरण मिलाउने तयारी भैरहेको छ । घटना बिबरण More....

किशन पुनको घर परिवारबाट धन्यबाद ज्ञापन

July 8, 2009

घुंडाको उपचारार्थ लामो समय देखि राजधानी सउल स्थित नेश्नल मेडिकल सेन्टरमा रहनु भएका म्याग्दी समाजका भुपु सदस्य तथा म्याग्देली युवा किशन तिलिजा पुन पु्र्ण स्वास्थ्य लाभ पश्चात अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । करिब १ महिनाको अस्पताल बसाईको क्रममा जम्मा उपचार खर्च ७२ लाख मध्य ९५ प्रतिशत अर्थात ६५ लाख ओन ईन्सुरेन्स ग्रुपबाट सहयोग उपलब्ध भएको छ । हाल उहां मुन्जङ डोङ स्थित साथीहरुको कोठामा आराम गरि बस्नु भएको छ ।
यस्तै, नेपालमा रहनु भएका किशन पुनको घर परिवार तथा आफन्तको तर्फबाट म्याग्दी समाज कोरिया ब्लगमा लेखिएको शन्देश मार्फत प्रवासी भूमिमा रहेका किशन पुनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने संस्था, ईष्टमित्र र साथी भाई तथा सम्पूर्ण प्रवासीहरुमा हार्दिक धन्यबाद ज्ञापन गरिएको छ ।

यसरी प्रतिस्प्रर्धा गर्दै छन रे मुन्जङ प्रवासी कप २००९ मा सहभागि टीमहरु

July 6, 2009

नेपालको बिभिन्न जिल्लाबाट कोरियाली भूमिमा आई कार्यरत प्रवासीहरुको संस्था मुन्जङ प्रवासी क्लब दक्षिण कोरियाले आगामी जुलाई १२ तारिख आईतबारको दिन आयोजना गर्न गई रहेको प्रतिस्प्रर्धात्मक भलिबल खेल प्रतियोगितामा यस भूमिमा हाल सम्मकै सब भन्दा बढि १३ टीमले भाग लिएका छन । उक्त प्रतियोगिताको आयोजना हुनु १ हप्ता पुर्व अस्ति भएको टीम दर्ता र गोला प्रथाको नतिजा यहाम राखिएको छ । यसै खेल तालिका अनुसार मुन्जङ प्रवासी कप २००९ संचालन हुने कुरा मुन्जङ टीम क्याप्टेन राम खड्काले जानाकारी दिनु भएको छ । ठूलो साईजमा हेर्न यहां वा स्क्रिनमा क्लिक गर्नुहोस्

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP