भोलि २७ तारिखको बिशेस बैठक अनिश्चित कालको लागि स्थगित ।

December 25, 2009

म्याग्दी समाज समिति दक्षिण कोरियाको म्याग्दी जिल्लामा एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय सम्बन्धि उत्कृष्ट छलफल गर्न कोरियामा रहेका म्याग्देली बुद्दिजिवी, बिधार्थी, ब्यापारी लगायतका महानुभावहरुलाई भोलि डिसेम्बर २७ तारिख आईतबार उपस्थितिको लागि पत्राचार गरिएकोमा बिबिध कारणवश उक्त बैठकलाई स्थगित गरिएको छ । उत्कृष्ट छलफलको आगामी मिति समितिको सल्लाह अनुसार छिट्टै तय गरिने बताईएको छ ।

म्याग्देली खेलाडी झलक आचार्यलाई खेलकूद अध्यक्षमा चयन गर्ने तयारी

December 23, 2009

म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्दी जिल्लाबाट ईपिएस मार्फत कोरिया भित्रिएका म्याग्देली भलिबल कुशल खेलाडी झलक आचार्यलाई म्याग्दी समाज खेलकूद समिति अध्यक्ष पदमा चयन गर्ने तयारी भईरहेको बुझिएको छ । म्यागदी समाज खेलकूद अध्यक्ष राम खड्का स्वदेश प्रस्थान गर्नु भएपछि खेलाडी झलक आचार्यलाई अध्यक्षमा चयन गर्ने तयारी भएको हो । Read More Report.........

म्याग्दी समाजका भुपु अध्यक्ष लगायत ३ जना म्याग्देलीहरुको बिदाई कार्यक्रम भब्यताका साथ सम्पन्न

December 21, 2009

म्याग्दी समाज समिति दक्षिण कोरियाले १९ तारिख शनिबार सांझ राजधानी सउल स्थित दुर्गा रेष्टुरेण्टमा एक बिदाई कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । म्याग्दी समाजका भुपु अध्यक्ष टेक बहादुर पुन, म्याग्दी समाज खेलकूद अध्यक्ष राम खड्का र साधारण सदस्य ईन्द्र बरुवाल २१ तारिख स्वदेश फर्कने निश्चित भएपछि उहांहरुको सम्मानमा समाजको तर्फबाट बिदाई कार्यक्रमको आयोजना गरिएको हो। Read More.......

मोना बेल्जियम द्दारा म्याग्दी अस्पतालमा सहयोग

December 15, 2009

म्याग्दीबाट रोजगारको सिलसिलामा बेल्जियम पुगेका म्याग्देलीहरूको समूह मोना बेल्जियमले जिल्ला अस्पताल म्याग्दीलाई करिब रु. दुइ लाख बराबरको सामग्री हस्तान्तरण गरेको छ । मोना बेल्जियमले उपलब्ध गराएको ती सामग्री हिजो एक कार्यक्रमबीच जिल्ला अस्पताल म्याग्दीका डाक्टर लालबहादुर मल्ललाई हस्तान्तरण गरेको हो । More...

सडक निर्माणमा नेपाली सेना

December 13, 2009

देशमा नेपाली जनताको रक्षा गर्ने जिम्मा पाएको नेपाली सेनाको बारेमा बिभिन्न बहस चलाई अपमान गर्ने प्रयास भइरहदाँ म्याग्दीका कार्यरत नेपाली सेनाका जवानहरू विकास निर्माणको काममा लागि परेका छन् । जनता र देशको रक्षाको कसम खाएका सेनाका जवानहरू अहिले म्याग्दीको दर्ुगम मुदि गाउँ विकास समितिको म्याग्दीको मुदी गाविसको नाउरा भिरको करिव ४० मिटर कठिन चट्टानको पहरा फोरेर आफ्नो कौशलता देखाएका छन् । More....

म्याग्दी समाज समितिले यसै महिना ३ जना म्याग्देलीहरुको बिदाई गर्ने

December 12, 2009

म्याग्दी समाज समिति दक्षिण कोरियाले डिसेम्बर १९ तारिख शनिबारको दिन एक बिदाई कार्यक्रमको आयोजना गर्न गई रहेको छ । म्याग्दी सामाजका भुपु अध्यक्ष तथा बर्तमान बरिष्ठ सल्लाहकार टेक बहादुर पुन , म्याग्दी समाज खेलकूद अध्यक्ष राम खड्का र समाजका सकृय युवा ईन्द्र ध्वज बरुवाल यसै महिनाको २१ तारिख नेपाल फर्कन लाग्नु भएको ले उक्त बिदाई कार्यक्रमको आयोजना गर्न लागेको हो । More...

अव भिसा र कम्पनी बदल्न सजिलो भयो रे ईपिएसमा आएका प्रवासीहरुलाई

December 10, 2009

रोजगार अनुमति प्रणालीअन्तर्गत कोरिया आएका विदेशी कामदार र साना तथा मझौला कम्पनी मालिकलाई सहज हुने गरी कोरिया श्रम मन्त्रालयले भिसा र कम्पनी परिवर्तनसम्बन्धमा नयाँ व्यवस्था गरेको छ। Read More.....

यस बर्ष को को परे धरपकडमा म्याग्देलीहरु ?

December 9, 2009

सुखद भबिष्यको कल्पना संगै कोरियाली भूमिमा कार्यरत हामी जस्तै हाम्रा थुप्रै म्याग्देली दाजुभाई, दिदी बहिनीहरु यस बर्ष कोरियाली भूमिबाट धरपकडमा परि स्वदेश फर्कन बाध्य हुनु पर्यो । हाम्रा सहपाठीहरु यहांका निर्दयी भिखारीहरुबाट छिनभर मै पक्राऊ परि स्वदेश फर्कंदा हामी म्याग्देली भनाउंदा साथी भाईहरुले टुलु टुलु हेर्नु र सुन्नु बाहेकका उपायहरु केही भएन । Read More...

म्याग्दी समाज कोरियाले म्याग्दीमा एम्बुलेन्स सेवा उपलब्ध गराउने

December 6, 2009

हिजो डिसेम्बर ६ तारिख आईतबारको दिन म्याग्दी समाज समिति दक्षिण कोरियाको नियमित बैठकमा महत्व पूर्ण निर्णयहरु भएका छन । Read More.....

दरवाङमा निलगिरी बिकास बैंकको शाखा कार्यालय स्थापना

December 5, 2009

म्याग्दी जिल्लाको दरबाङ भेगका बासिन्दाहरुको लागि बिदेशमा रहेका आफन्तहरुले पठाएको रकम अर्थात रेमिटान्सका सबै कारोवारहरु दरबाङ बजारमा हुने भएको छ । बेनी अनलाईनका अनुसार म्याग्दी जिल्लाको दोस्रो व्यापारी केन्द्र दरवाङमा निलगिरी बिकास बैंकले शाखा कार्यालय सञ्चालन गरे पछि उक्त समस्याको समाधान हुन सकेको हो । More.....

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP