म्याग्दी रनिङ कप आयोजनाको सम्पूर्ण तयारी पूरा

May 31, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले यसै हप्ताको आईतबार अर्थात जुन ६ तारिख आयोजना गर्न गईरहेको म्याग्दी रनिङ कपको तयारी प्राय: पूरा भएको छ । उक्त दिन हुने आयोजनामा कोरियामा कृयाशिल संघ संस्थाहरुका ११ टीम बिच दरिलो प्रतिस्प्रर्धा हुने निश्चित भएको छ भने आयोजना संग सम्बन्धित सम्पूर्ण अत्याबशेक  सामग्रीहरुको जोहो भई सकेको छ । समाजले बिगतका कार्यक्रमहरुमा नास्ता स्वरुप बिक्री बितरण गर्दै आईरहेको सेलरोटी र तरकारीहरुको साटो यसपालीको कार्यक्रममा उपस्थित महानुभावहरुलाई बिसेश नौलो खालको परिकार पस्कने भएको छ ।

म्याग्दी रिनङ कपमा ११ टीमको सहभागिता, खेल तालिका तयार

May 23, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न गई रहेको म्याग्दी रनिङ कप २०१० को लागि लभ ईन नेपाल,स्याङजा परिवार बी , नेपाल मगर संघ,पर्वत प्रवासी संघ,रुपन्देही सम्पर्क समिति,बाग्लुङ सम्पर्क समिति,गुल्मी सम्पर्क समिति, नेपाली चौतारी समाज,स्याङजा ए ,नेपाल गोरखा परिवार र म्याग्दी समाज समिति गरि ११ टीमले सहभागिता जनाएका छन । हिजो आईतबार एम टी यु को कार्यलयमा सम्पूर्ण टीमका प्रतिनिधिहरुको उपस्थितिमा गोला प्रथा कार्यक्रमको आयोजना गरि खेल तालिका तयार गरिएको छ ।

म्याग्दी रनिङ कप भलिबल खेल प्रतियोगिताको गोलाप्रथा यसै हप्ता सम्पन्न हुने

May 17, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी जुन ६ तारिख आईतबारको दिन आयोजना गर्न गई रहेको म्याग्दी रनिङ कप भलिबल खेल प्रतियोगिताको गोलाप्रथा  मे २३ तारिख आईतबारको दिन सम्पन्न गरिने भएको छ ।  नेपाल सम्पर्क समिति दक्षिण कोरियाको साधारण सभा हुने स्थान एम टि युको हलमा साधारण सभालाई कुनै असर नपर्ने गरि समय मिलाई गोला प्रथा सम्पन्न गरिने छ ।

सदरमुकाम बेनीमा धौलागिरि आरोहणको स्वर्ण महोत्सव सम्पन्न

May 14, 2010

धौलागिरि हिमाल आरोहणको पचास वर्षपुगेको अवसरमा पहिलो आरोही अस्ट्रेलियन नागरिक कुट डिर्म्बर्गरलाई शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा नागरिक अभिनन्दन गरिएको छ । संसारको आठौ अग्लो धौलागिरि हिमालको सन १९६० मे १३ का दिन ६ सदस्यसहित आरोहण गरेका आरोहण दलका सदस्यमध्ये कुट एकमात्रै जिवित आरोहि हुन् । धौलागिरि आरोहण स्वर्ण महोत्सव कार्यक्रमको आयोजना गरि आरोहण दलका सदस्य कुट सहित अन्य करिव एकदर्जन हिमाल आरोहिलाई सम्मान गरिएको हो ।

बन्द र हडतालको बिरोधमा आयोजित शान्ति रयालीमा सहभागि जनसागर

May 7, 2010

             सारा नेपाली जनताको एकजुट, एकता र सहभागिता !!
यस भेलामा सबै पार्टीका जनता छन्!! यो एक एतिहासिक जनताको जित हो ! अब देखि माओबादी ले मात्र  नेपाल बन्द गर्दा होइन जो कोहि पार्टीले नेपाल बन्द गर्ने लाई सारा जनता मिलेर बिरोधमा उत्रनु पर्छ र जो पार्टीले नेपाल, वा जिल्ला ,अंचल बन्द गर्ने आब्हान गर्छ तिनलाई नेपाली जनता मिलेर नांगै पारेर बजार परिक्रमा गराऊनु पर्छ ! यदी नेपालमा यसरी बारम्बार बन्द हुने र गराउने प्रथा बन्द भयो भने देशले छिटै प्रगति गर्ने छ !

होशियार होऔं साथीहरु हो ! यसै महिनाको १६ तारिखको दिन

May 6, 2010

कोरियाली सरकारको गिद्दे नजरमा  अबैध ठहरिएका  प्रवासी मजदूहरुलाई अति कडाईका साथ धरपकड गरि स्वदेश फर्काउन कम्मर कसेर लागेको यहांको सरकारको चर्तिकलाको फर्दाफास गर्दै एमटीयु दक्षिण कोरियाले दिएको  सूचना अनुसार यसै महिनाको १६ तारिख  कोरियाली अध्यागमण, स्थानिय प्रहरी लगायतले राजधानीको तोङदेमुन एरिया,यङदम्फो,कुरो र ख्योङगिडोको फाजु उईजंबु,पोच्छन लगायतका स्थानहरुमा कडाईका साथ छापा हान्ने भएकोले होशियारीका साथ आफ्नो प्रावासी जीवन सुरक्षित गर्न प्रवासी नेपालीहरुलाई ध्यानाकर्षन गरिन्छ । साथै यसै महिना देखि जुलाई महिनाको अन्त सम्म कोरियाली भूमिको प्राय: सबै  स्थानमा अति कडाईका साथ धरपकड गरिने जनाईएको छ । 

म्याग्दी समाज आठौ कार्य समितिको दोश्रो बैठक सम्पन्न

May 3, 2010

म्याग्दी समाज समिति दक्षिण कोरया आठौ कार्य समितिको दोश्रो बैठक हिजो राजधानी सउलको तोङदेमुन स्थित नाक्सान एरियामा सम्पन्न भएको छ । समाजका अध्यक्ष नर बहादुर पुनको अध्यक्षतामा सम्पन्न हिजोको बैठकमा कार्य समिति ,सल्लाहकार र साधारण सदस्य गरि १५ जनाको उपस्थिति रह्यो । बैठकमा मुख्य गरि म्याग्दी कप आयोजना सम्बन्धि तयारी गर्नेमा केन्द्रित रह्यो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP