छाबियचीवमा मृतात्माको चीर शान्तिको कामना सहित १०८ बट्टी बालियो

June 27, 2011

म्याग्दी जिल्ला घोरेपानी निवासी रहेर हाल दक्षिण कोरियामा कार्यरत भीममाया गर्बुजाकी पुज्यनिय बुबा गोपीराज गरबुजाको असामायिक निधन भएको ४९ दिनको पुण्य तिथिमा १०८ बट्टी बालियो । आईतबार १२ बजे देखि सम्पन्न  सम्पन्न भएको  १०८ बट्टी बाल्ने कार्यक्रममा आफन्तजन,साथीभाई,ईष्टमित्रहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैले मृतात्माको चीर शान्तिको कामना गर्दै सामूहिक रुपमा बट्टी बाले ।



२६ तारिख आईतबार मृतात्माको चीर शान्तिको कामना गर्दै छाबिय चीवमा १०८ बट्टी बालिने

June 24, 2011

म्याग्दी जिल्ला घोरेपानी निवासी रहेर हाल दक्षिण कोरियामा कार्यरत भीममाया गर्बुजाकी पुज्यनिय बुबाको असामायिक निधन भएको ४९ दिनको पुण्य तिथिमा १०८ बट्टी बाल्नको लागि बिशेष तयारी भई रहेको जानाकारी प्राप्त भएको छ । मध्यान्ह १२ बजे देखि सुरु हुने उक्त द्दिप प्रज्वलन कार्यमा उपस्थित हुन चाहानु हुने आफन्तजन,साथीभाई,ईष्टमित्रहरुमा तल उल्यखित स्थान,मिति र समयको जानाकारी गराईएको छ ।
स्थान: छावियचीव(सउल,साम्यङ डोङ सागरी)
समय: १२ बजे ।
मिति: २६ तारिख आईतबार ।

ईन्छन इन्ज्वय एशिया भलिबल कपमा नेपाली टीमको बिजयी म्याग्दीका भबिन्द्र पुनलाई उत्कृष्ट खेलाडी घोषणा

June 15, 2011

ईन्छन शहरमा रहेका बिदेशी मजदूर गृहहरुको संयुक्त आयोजनामा सम्पन्न ईन्छन इन्ज्वय एशिया फेस्टिबलमा भलिबल खेल तर्फ नेपाल टीमले बिजयीहांशिल गरेको छ । फेस्टिबलमा भलिबल लगायत फुटबल,बास्केटबल लगायतका अन्य थुप्रै खेलहरु समाबेश गरिएका थिए । ईन्छन शहर स्थित ब्यमुल्फो कलेजको हातामा सम्पन्न भएको खेल मध्य भलिबल तर्फ नेपाल ए ,नेपाल बी , म्यानमार, भियतनाम, ईन्डोनेशिया, मंगोल, उज्वेकिस्टान र थाईल्यान्ड गरि ८ टीमले सहभागिता जनाएका थिए । जस्मा नेपाल ए प्रथम, ईन्डोनेशिया द्दितिय र भियतनामलाई तृतिय स्थान प्राप्त भएको थियो । प्रतियोगितामा करिदास सेल्टरले नेपाली टीमको नेतृत्व गरेको थियो । लिक सिष्टमबाट खेलाइएको उक्त भलिबल खेल प्रतियोगितामा आयोजकले नेपाल ए का भबिन्द्र पुनलाई उत्कृष्ट खेलाडी घोषणा गर्दै नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरेको थियो । साथै प्रथम, द्दितिय र तितृय हुने टीमलाई मेडल , प्रमाण पत्र र आकर्षक पुरस्कारको ब्यबस्था गरिएको थियो ।

भाग्यशाली चिट्ठाका भाग्यमानी प्रेम ज्ञवाली लाई प्रथम पुरस्कार बितरण

June 11, 2011

म्याग्दी समाज समितिदक्षिण कोरियाले आयोजना गरेको प्रतिष्प्रर्धात्मक भलिबल खेलमा समाबेस गरिएको भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार प्राप्त गर्ने गुल्मीका भाग्यमानी प्रेम ज्ञवाली  लाई आज तोङदेमुन स्थित नमस्ते रेस्टुरेण्टमा प्रथम पुरस्कार ल्यापटप कम्प्युटर बितरण गरिएको छ । म्याग्दी समाजको चिट्ठाको प्रथम पुरस्कार ल्यापटप कम्प्युटर प्राप्त गर्ने ज्ञवालीले यो बर्ष मात्रै अन्य आयोजनाका भाग्यशाली चिट्ठाका प्रथम तथा दोश्रो पुरस्कारहरु समेत हात पारेको बताएका छन । थप फोटोहरु...

गुल्मीका सुजन श्रेष्ठ म्याग्दी रनिङ कपमा उत्कृष्ट खेलाडी घोषित

June 9, 2011

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको म्याग्दी रनिङ कपमा गुल्मी टीमका सुजन श्रेष्ठ उत्कृष्ट खेलाडी घोषणा भएका छन । कूल १५ टीमका १३५ जना खेलाडीहरु सहभागि भएको उक्त प्रतियोगितामा आयोजक म्याग्दीसमाजका पदाधिकारीहरु,सल्लाहकारहरु तथा म्याग्दी समाज खेलकूद समितिको संयुक्त निर्णयबाट सुजन श्रेष्ठ उत्कृष्ट ठहरिएका हुन ।

गुल्मीका प्रेम ज्ञवालीलाई भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार

June 6, 2011

म्याग्दी समाज समितिले आयोजना गरेको म्याग्दी रनिङ कपमा समाबेश गरिएको भाग्यशाली चिट्ठाको नतिजा भलिबल कार्यक्रमको पुरस्कार बितरण समारोह संगै खोलिएको छ । म्याग्दी समाजका सल्लाहकारहरुबाट क्रमश: सान्त्वना र तृतिय तथा प्रतियोगिताको दोश्रो टीम पर्बतका टीम क्याप्टेनबाट दोश्रो परस्कारको लागि र म्याग्दी रनिङ कप बिजयी  गुल्मीका टीम क्याप्टेनबाट भाग्यशाली चिट्ठाको प्रथम पुरस्कारको  लागि तानिएको गोलाको नतिजा अनुसार:
प्रथम-प्रेम ज्ञवाली गुल्मी  (0219 ) ल्यापटप कम्प्युटर
द्दितिय-नन्द पुन (0302) डिजिटल क्यामेरा
तितृय-स्नेह कुंवर (0570) नेपालमा चल्ने आईफोन
सान्त्वना: मोहन मगर (0108)   डिलु पुन  (0290)  मेग घर्ती (0462)
नोट: भाग्यशाली चिट्ठाको पुरस्कार प्राप्त गर्नुहुने महानुभावहरुले माथि उल्यखित नम्बर अनुसार टिकटको अर्धकट्टी सहित समाजका कुनैपनि पदाधिकारीहरु समक्ष सम्पर्क गरि पुरस्कार प्राप्त गर्न सक्नु हुनेछ ।

म्याग्दी रनिङ कप २०११ मा गुल्मी टीम बिजयी

June 5, 2011


btulachan seoul korea
म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको प्रतिष्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कप २०११ लाई गुल्मी सम्पर्क समितिले आफ्नो पो्ल्टामा पार्न सफल भएको छ । प्रतियोगिताको फाईनल खेलमा  पर्बत प्रवासी सेवा समाज संगको कडा प्रतिष्प्रर्धा संगै गुल्मी सम्पर्क समितिले २-१ को अन्तरले बिजय हांशिल गर्दै म्याग्दी कपलाई आफ्नो पो्ल्टामा पार्न सफल भएको हो । १५ टीमले सहभागिता जनाएको यस प्रतियोगितामा तेश्रो स्थानको लागि भएको गोला नतिजा अनुसार तनहुं प्रवासी उद्दार समितिले नेपाल मगर संघलाई पछि पार्दै तेश्रो स्थान प्राप्त गर्न सफल भएको छ गत सालको  म्याग्दी रनिङ कप बिजयी बाग्लुङ टीम लगायत दाबेदार मानिएका अन्य टीमहरु  पहिलो र दोश्रो चरणबाटै बाहिरिन पुगेका थिए ।  म्याग्दी रनिङ कप २०११ मा गुल्मी टीमका सुजन श्रेष्ठलाई उत्कृष्ट खेलाडी घोषणा गर्दै नगद पुरस्कार र प्रमाण पत्र बितरण गरिएको थियो । करिव ३ सयजना भलिबल फ्यानहरुको उपस्थित रहेको उक्त प्रतियोगितामा आयोजकको तर्फबाट सेलरोटी लगायतका मिष्ठान्न परिकारहरुको बिक्री बितरण गर्नुको साथै चुट्के र झ्याउरे भाकाका ठेट नेपाली गीतहरुले गुन्जायमान हलमा मनोरन्जन लिंदै प्रतिष्प्रर्धात्मक भलिबल खेलको अवलोकन गरेका थिए  ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP