म्याग्दी अस्पतालको आकष्मिक कक्ष निर्माणार्थ सहयोगी महानुभावहरुको लागिको लागि सुचना

February 27, 2011

यो सुचना प्रकाशित गरिन्छ कि , म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको म्याग्देली सांगितिक सौगात २०११ मार्फत म्याग्दी अस्पतालको आकष्मिक कक्ष निर्माण सहयोगार्थ  चन्दा सहयोगको रुपमा नामावलि दर्ता गर्नु भएका चन्दादाता माहानुभावहरुमा यथासिघ्र तल उल्यखित म्याग्दी समाजको ब्याङ्क खातामा चन्दा रकम पठाई सहयोग गर्नु हुन हार्दिक अनुरोध गरिन्छ ।
Bank Account No. 225014-56-046851 농협 은행  ( Ratna Chaantyal) कोषाध्यक्ष म्याग्दी समाज ।

२७ तारिख आईतबार कार्य समितिको बैठक,टिकटको अर्धकट्टी उपलब्ध गराईदिनु हुन अनुरोध

February 22, 2011

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको म्याग्देली सांगितिक सौगातको टिकट बिक्री बितरण गरि सहयोग गर्नु भएका संघसंस्था तथा ब्यक्तीहरुलाई टिकटको अर्धकट्टी समयमा नै उपलब्ध गराई सहयोग गरि दिनुहुन म्याग्दी समाज समिति दक्षिण कोरिया द्दवारा हार्दिक अनुरोध गरिएको छ । साथै यसै हप्ताको आईतबार म्याग्दी समाज समिति द कोरियाको बैठक पुन: बस्ने भएको छ । अघिल्लो हप्ताको आईतबार बसेको बैठकमा कार्यक्रमको सम्पूर्ण हिसाब किताब सम्बन्धि कार्य समापन हुन नसकेकोले आगामी २७ तारिख आईतबार पुन: कार्य समितिको बैठक बस्ने भएको हो ।

म्याग्दी समाजले जुन ५ तारिख आईतबार प्रतिष्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्ने

February 13, 2011

म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी जुन ५ तारिख आईतबारको दिन प्रतिष्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्ने भएको छ । आज बसेको कार्य समितिको बैठकले आगामी जुन ५ तारिख आईतबारको दिन प्रतिष्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्ने निर्णय गरेको हो । प्रतिष्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्ने स्थानको निश्चित भई नसकेको भएता पनि एक दुई हप्ता भित्र नै हलको निश्चित हुन सक्ने कुरा   म्याग्दी समाज समिति दक्षिण कोरियाका अध्यक्ष नर बहादुर पुनले बताउनु भएको छ । स्मरणिय रहोस् म्याग्दी समाज समिति दक्षिण कोरियाले बिगत १० बर्ष देखि लगातार प्रतिष्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्दै आईरहेको छ । उक्त दिन कोरियामा रहेका संघसंस्थाहरुले कुनै कार्यक्रमहरु नजुधाई सहयोग गरि दिनुहुन अनुरोध गरिएको छ ।

म्याग्देली सांगितिक सौगातका कलाकारहरुको बिदाई, सउल देखि एअरपोर्ट सम्म

February 10, 2011

गत ३  तारिख सांझ ८ बजे देखि कलाकार बिदाई कार्यक्रमको सुरुवात गर्ने गरि तयारी गरिरहेको भएतापनि दिनभर कलाकारहरुलाई कोरियाको रमणिय भ्रमण स्थलहरुमा घुमाउन र सांझ ५ बजे देखि सुरु भएको सपिङले निश्चित समय भन्दा ३ घण्ट ढिलो गरि रातको ११ बजे देखि औपचारिक रुपमा बिदाई कार्यक्रमको शुरुवात गरियो । त्यतिन्जेल सम्म कार्यक्रम स्थल दुर्गा रेष्टुरेण्टमा म्याग्देली तथा गैर म्याग्देली गरि करिव १०० जना Read More.....

१३ तारिख आईतबार म्याग्दी समाज कार्य समितिको बैठक बस्ने

February 9, 2011

म्याग्दी समाज समिति दक्षिण कोरिया कार्य समितिको बैठक यसै हप्ताको १३ तारिख आईतबार बस्ने भएको छ । राजधानी सउलको तोङदेमुन शहरमा बसिने बैठकको  बैठक स्थल भने खुलाईएको छैन । गत फेब्रुअरी २ तारिख आयोजना गरेको म्याग्देली सांगितिक सौगात आयोजना पश्चात पहिलो पल्ट कार्यसमितिको बैठक बस्न लागेको हो । उक्त दिनको बैठकले कार्यक्रमको हिसाब किताब तथा अन्य बिबिध बिषयमा छलफल गरिने जनाईएको छ । बैठकमा उपस्थित हुन कार्य समितिका सम्पूर्ण पदाधिकारी सल्लाहकारज्युहरु तथा म्याग्देली साधारण सदस्यहरुमा हार्दिक अनुरोध गरिएको छ ।

रेशुङगा भलिबल खेलमा म्याग्दी समाजलाई दोश्रो पुरस्कार

February 7, 2011

btulachan,Seoul korea
गत ५ तारिख शनिबारको दिन गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको रेशुङगा भलिबल कप प्रतियो गितामा म्याग्दी समाज समिति दक्षिण कोरियालाई दोश्रो स्थान प्राप्त भएको छ । More...

कलाकारहरुको सम्मान र बिदाई कार्यक्रम सम्पन्न कलाकारहरु ४ तारिख स्वदेश फिर्ता

February 5, 2011

म्याग्देली सांगितिक सौगातमा भागलिन नेपालबाट कोरिया आई पुगेका कलाकारहरुको सम्मानमा ३ तारिख सांझ बिदाई कार्यक्रम सम्पन्न भएको छ ।  म्याग्दी समाज समिति दक्षिण कोरियाले राजधानी सउलको छोङगाक स्थित दुर्गा रेष्टुरेण्टमा  आयोजना गरेको उक्त बिदाई कार्यक्रम मार्फत  समाजका अध्यक्ष नर बहादुर पुनले सहभागि  कलाकारहरुलाई सम्मान पत्र र खाडा ओदयाएर सम्मान गर्नु भएको थियो । Read More...........

म्याग्देली सांगितिक सौगात २०११ सम्पन्न

February 4, 2011

म्याग्देली सांगितिक सौगात भाग २ म्याग्दी समाज समिति दक्षिण कोरियाको आयोजनामा राजधानी सउलको केबिएस फालफाल स्टुडियममा सम्पन्न भएको छ । कोरियाको महान पर्व सल्नालको पहिलो दिन आयोजना गरिएको उक्त म्याग्देली सांगितिक सौगात भाग २ मा नेपालबाट बिश्व किर्तिमानी खगेन्द्र थापा मगर सहित नेपालका चर्चित कलाकारहरुले सहभागिता जनाउंदै उत्कृष्ट प्रस्तुति प्रस्तुत गरेका  थिए  ।

म्याग्देली सास्कृतिक सौगातका कलाकारहरु कोरियामा

February 1, 2011

उमेश बस्नेत सिओल
कोरियाको महान चाड सलनालको अबसरमा फेब्रवरी २का दिन म्याग्दी समाजले म्याग्दी जिल्ला अस्पतालको सहयोगार्थ म्याग्देली सास्कृतिक सौगातमा विश्व प्रशिद्द गिनिज बूक अफ वोर्ल्ड रिकर्डसमा संसारकै होचा मानिसको रुपमा आफ्नो नाम लेखाउन सफल खगेन्द्र थापा मगर सहित हास्य कलाकार दिपा श्री निरौला, नायिका ताथा नृत्यकार गरिमा पन्त, आधुनिक तथा पप गायक शिब परियार तथा अन्जना गुरुङ्ग लोक दोहोरि गायिका कृष्ण परियार कोरिया आईपुग्नु

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP