जनवरी ३१ तारिख आईतबार नियमित बैठक बस्ने

January 28, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाको नियमित बैठक यसै हप्ताको आईतबार अर्थात जनवरी ३१ तारिख बस्ने भएको छ । तोङदेमुन शहरको डांडा बस्तीमा बसिने उक्त बैठकमा कार्यकारिणी ,सल्लाहकार तथा सम्पूर्ण साधारण सदस्य ज्युहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ । बैठकमा सातौं कार्य समितिको दोश्रो साधारण सभाको तयारी , कोरियाको दोश्रो महान् पर्व आगामी सलनालमा आयोजना गर्न सकिने सम्भाबित कार्यक्रम र अन्य बिबिध बिषय माथि छलफल गरिने भएको छ ।
स्थान- तोङदेमुनको डांडा बस्ती
समय- दिनको २ बजे
मिति-२०१०-१- ३१

फेरी जित्यो म्याग्दीले एन सि सी कप

January 24, 2010



-----------------------------थप तस्बिरहरु
भरत तुलाचन,सउल कोरिया
नेपाल सम्पर्क समितिले आयोजना गरेको एन सि सी  कप भलिबल खेलको तेश्रो प्रतियोगितामा पुन: म्याग्दी समाज समितिले बिजयी हांशिल गरेको छ । हिजो आईतबार राजधानी सउल स्थित माङओलसानमा आयोजना गरिएको उक्त प्रतियोगितामा म्याग्दी,पर्बत,बाग्लुङ,नेपाल मगर संघ, स्याङजा ए-बी,गुल्मी,एमटीयु  र कास्की गरि नौ टीमले सहभागिता जनाएका थिए ।

एन सि सी कपमा म्याग्दी समाज टीमबाट उमेश बस्नेट खेल्ने

January 20, 2010

कोरियाली भूमिमा भलिबल खेलाडीका रुपमा चिर परिचित कुशल खेलाडी उमेश बस्नेट यसपालि म्याग्दी समाज टीमबाट खेल्नु हुने भएको छ । बिगत केहि बर्ष देखि म्याग्दी टीममा सहभागि हुने ईच्छा ब्यक्त गर्दै आउनु भएका बस्नेट बिगतमा स्याङजा, एन सि सी,खोताङ लगायतका टीमहरुबाट सहभागि भई आफ्नो खेल कौशल देखाई सक्नु भएको छ ।

एन सि सी कपमा म्याग्दी समाज र स्याङजा (ए) भिड्ने

January 17, 2010

यसै हप्ता आयोजना हुन गईरहेको एन सिसी कप भलिबल प्रतियोगितामा म्याग्दी समाज र स्याङजा (ए) भिड्ने भएको छ । हिजो नेपाल मगर संघले आयोजना गरेको माघेसक्रांन्ती कार्यक्रमको हलमा सहभागि टीमका एक एक जना प्रतिनिधिहरुको प्रत्यक्ष उपस्थितमा गोला प्रथा मार्फत उक्त नतिजा आएको हो । म्याग्दी र स्यांजा बिचको खेल बी पोल  दोश्रो राउन्डमा अर्थात पहिलो चरणको चौठो खेल हुने छ । पहिलो खेल- कास्की र गुल्मी दोश्रो-  नेपाल मगर संघ र बाग्लुङ तश्रो- पर्वत र एम टीयु बीच पहिलो चरणको खेल हुने छ । स्याङजा बी बाईमा परेकोले तेश्रो खेलका बिजेता संग दोश्रो चरणको बिजेता संग भिडने भएको छ । प्रतियोगितामा नौ टीमको सहभगिता रहेको छ ।

म्याग्दीमा प्रथम सडक खानामहोत्सव शुरु

January 16, 2010


नेपाली संस्कृतिको संरक्षण गर्दै आन्तरिक पर्यटनको प्रवर्धन गरौं भन्ने मुल नाराका साथ म्याग्दीका महिला उद्यमीहरूको आयोजनामा म्याग्दीमै पहिलोपटक सडकखाना महोत्सव शुरुभएको छ ।

झलक आचार्य म्याग्दी समाज खेलकूद अध्यक्षमा चयन

January 14, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाको गत १० तारिख आईतबार बसेको बिशेस बैठकले म्याग्देली खेलाडी तथा पुर्व उपाध्यक्ष झलक आचार्यलाई खेलकूद अध्यक्षमा चयन गरेको छ । म्याग्दी समाज खेलकूद अध्यक्ष राम खडका नेपाल प्रस्थान गर्नु भएपछि रिक्त हुन आएको उक्त पदमा आचार्यलाई नियुक्त गरिएको हो ।

एकाएक कम्पनीमा छापा ,रित्तो फर्कियो ईमिग्रेशन

January 8, 2010

बाबुराम शर्मा
कोरियाको राजधानि सौल स्थित बेक्मि फुड कम्पनिमा कोरिया अध्यागमन (इमिरिगेसन)ले भिषाबिहिन बिदेशिलाइ पक्रने असफल प्रयास गरेको छ। करिब आज दिउसो सवा १ बजेतिर कोरिया अध्यागमन् बिभाग टोलि एक्कासि कम्पनिमा प्रबेशगरि एकएक नाम खोज्दै परिचय पत्र चेक गर्यो तर सबै सङ्ग परिचय पत्र हुनाले आध्यागमन् बिभाग रित्तो हात् फर्कन बाध्य भयो।

१० तारिख आईतबार म्याग्दी समाज कार्य समितिको आकस्मिक बैठक बस्ने

January 7, 2010

यसै हप्ताको आईतबार म्याग्दी समाज समिति दक्िण कोरियाको आकस्मिक बैठक बस्ने भएको छ । जनवरी २४ तारिखमा एनसिसीको आयोजनामा हुन गईरहेको भलिबल खेल लगायत अन्य बिबिध बिषय माथि छलफल गर्नु पर्ने भएकोले तल उल्यखित स्थन मिति र समयमा काकास, सल्लाहकार र भलिबल म्याग्देली भलिबल खेलाडीहरुलाई उपस्थतिको लागि अनुरोध गरिएको छ ।
स्थान: छेगी यक ५ नं गेट (स्थान परिबर्तन हुन सक्ने )
समय: १ बजे

कोरियामा म्याग्देलीहरुले नयां बर्ष मनाए

January 1, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले नयां बर्ष २०१० को सुखद उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ । ३१ तारिख सांझ १० बजे देखि राजधानी सउलको तोङदेमुन शहर स्थित लुम्बिनी रेष्टुरेण्टमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रमको उदघाटन समाजका अध्यक्ष नर बहादुर पुन र प्रमुख अतिथि एन आर एन कोरियाका अध्यक्ष बिनोद कुंवरले पानशमा बत्ती बालेर संयुक्त रुपमा गर्नु भएको थियो । कोरियाली समय अनुसार राती ठिक १२ बजे समाजका अध्यक्ष नर बहादुर पुनले केक काटेर नयां बर्ष २०१० लाई स्वागत गर्नु भएपछि कार्यक्रममा उपस्थित म्याग्देलीहरुले एकापसमा शुभकामना आदान प्रदान गरेका थिए । Read More....

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP