बिश्वकप फुटबल प्रतियोगिताको क्वार्टर फाईनल तालिका

June 29, 2010


म्याग्दी समाज समिति दक्षिण कोरिया द्दारा धन्यबाद ज्ञापन

June 23, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको प्रतिस्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कप २०१० मा सहयोग पुर्याउनु हुने संघ संस्थाहरु लगायत सम्पूर्ण महानुभावहरुमा म्याग्दी समाज द्दारा धन्यबाद ज्ञापन गरिएको छ । आईतबार बसेको म्याग्दी समाज  आठौ कार्य समितिको नियमित चौठो बैठक द्दारा म्याग्दी रनिङ कपमा सहयोग पुर्याउनु हुने संघ संस्था लगायत सम्पूर्ण महानुभावहरुमा धन्यबाद ज्ञापन गरिएको हो ।

ब्यबसायी रबिन छ्न्त्यालबाट म्याग्दी समाजलाई ड्रेससेट प्रदान

June 18, 2010


यसपालिको म्याग्दी रनिङ कपमा कोरिया स्थित म्याग्देली ब्यबसायी रबिन छन्त्यालले म्याग्देली खेलाडीहरुलाई आबश्यक ड्रेस सेट  सहयोग स्वरुप उपलब्ध गराउनु भएको छ । गत जुन ६ तारिख आईतबारको दिन आयोजित कार्यक्रम स्थलमा  समाजका अध्यक्ष नर बहादुर पुन र म्याग्दी समाज खेलकूद अध्यक्ष झलक आचार्यलाई ब्यबसायी छन्त्यालले हस्तान्तरण गर्नु भएको  हो । उहांले नौ जना खेलाडीहरुलाई आबश्यक् ड्रेस सेट उपलब्ध गराए पछि समाजका अध्यक्ष नर बहादुर पुनले सम्मान पत्र र फूलको गुच्छाले सम्मान गर्नु भएको थियो ।

म्याग्दी टीम र म्याग्दी रनिङ कप २०१० मा सहभागि खेलाडीहरु

June 15, 2010

गत जुन ६ तारिख आईतबारको दिन म्याग्दी समाज समितिले म्याग्दी रनिङ कप २०१० को आयोजना सम्पन्न गरि सकेको छ । जस्मा बाग्लुङ सम्पर्क समिति  म्याग्दी कप २०१० को बिजयी बनेको छ । म्याग्दी समाज लगायत  ११  टीमका सम्पूर्ण खेलाडीहरुले  उक्त प्रतियोगितामा आ-आफ्नो खेल कौशल देखाई सकेका छन । प्रतियोगितामा सहभागि सम्पूर्ण खेलाडीहरुलाई म्याग्दी समाज धन्यबाद दिन चाहान्छ ।

भाग्यशाली चिट्ठाको टिकट सर्बाधिक बेच्ने म्याग्देली चेलीलाई चिनौ

June 12, 2010

यसपालिको  प्रतिस्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ  कप कार्यक्रममा समाबेश गरिएको भाग्यशाली चिट्ठाको टिकट बिक्री बिगतका कार्यक्रमहरु भन्दा थप संतोषजनक रहेको छ । थुप्रै म्याग्देली र गैर म्याग्देली प्रवासीहरुको सहयोग अबिष्मरणिय छ । जस मध्य  १००  टिकट बेचेर  म्याग्दी छिस्बाङकी चिना पुन हाल सम्मकै  सर्बाधिक टिकट बेच्ने म्याग्देली सहयोगि बन्न  पुगेकी छिन । कार्यक्रममा कूल बिक्री गरिएको टिकटको २० %  कटाएकी चिना  म्याग्दी जिल्ला अर्मन गाबिस वाड न ३ स्थित छिस्बाङबाट ६ बर्ष अगाडी कोरिया आई पुगेकी हुन ।

कोरियाली समयानुसार वल्र्ड कप २०१० समय तालिका

June 10, 2010

जेष्ठ २८ गते शुक्रबार  (जुन ११ शुक्रबार ) उदघाटन


दक्षिण अफ्रिका–मेक्सिको (राति १२ बजे)

जेठ २९ गते शनिबार

उरुग्वे–फ्रान्स (राति ४ बजे)

दक्षिण कोरिया–ग्रिस (साँझ ९ बजे)

अर्जेन्टिना–नाइजेरिया (राति १२ बजे)

म्याग्दी रनिङ कप २०१० यसरी सम्पन्न भयो

June 7, 2010

 म्याग्दी समाज समिति दक्षिण कोरियाले बिगत बर्षहरुमा झै यस बर्ष पनि प्रतिस्प्रर्धात्मक भलिबल खेल -म्याग्दी रनिङ कप २०१०  राजधानी सउलको नजिक  उईजङबु स्थित  सिन होङ युनिभर्सिटीको हलमा  ११ टीम बिचको प्रतिस्प्रर्धाको साथ सम्पन्न गरेको छ ।

म्याग्दी रनिङ कप भलिबल प्रतियोगितामा बाग्लुङका तिलक भण्डारी मगर उत्कृष्ट खेलाडी घोषित

June 6, 2010

btulachan ,seoul korea
म्याग्दी सामाज समिति दक्षिण कोरियाले आयोजना गरेको प्रतिस्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कपमा बाग्लुङ टीमबाट सहभागि तिलक भण्डारी मगर (११ नम्बर जर्सी) लाई  उत्कृष्ट खेलाडी घोषित गरिएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी छनोटको लागि नेपाली जनजाति महासंघका अध्यक्ष चङ कुमार गुरुङको संयोजकत्वमा ३ जनाको छनोट समिति निर्माण गरिएको थियो । ३ जनाको छनोट समितिले बाग्लुङ टीमबाट सहभागि तिलक भण्डारी मगर (११ नम्बर जर्सी) लाई उत्कृष्ट खेलाडी घोषणा गरेको हो ।

भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार म्याग्दी समाजका उपाध्यक्ष नारायण बरुवाललाई

कार्यक्रममा आजै खोलिएको भाग्यशाली चिट्ठाको प्रथम पुरस्कार म्याग्दी समाजका उपाध्यक्ष नारायण बरुवाल ( ००१६०४ ) लाई परेको छ भने दोश्रो पुरस्कार सनम पुन (०००३८० )  र तेश्रो पुरस्कार रोजिना तामाङ (००१८७५ ) लाई परेको छ । सान्त्वना तर्फ  अनिल केशी (००११८४) , जन कल्याण माबि (००१८६८) र हरी बानियां (०००७८१ ) लाई परेको छ ।

जित्यो बाग्लुङले म्याग्दी रनिङ कप २०१०

                                               
btulachan,seoul korea
म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको प्रतिस्प्रर्धात्मक भलिबल खेल -म्याग्दी रनिङ कप २०१० - बाग्लुङ सम्पर्क समितिको पोल्टामा परेको छ । आज जुन ६ तारिख आईतबारको दिन राजधानी सउल शहर स्थित सिन होङ युनिभर्शिटीको हलमा आयोजना गरिएको भलिबल खेल प्रतियोगितामा बाग्लुङ सम्पर्क समितिले क्रमश: रुपन्देही सम्पर्क समिति, नेपाल मगर संघ र म्याग्दी समाजलाई पछि पार्दै म्याग्दी रनिङ कप २०१० लाई हात पार्न सफल भएको हो ।

जम्मा १० हजार ओनले नेपाली पचास हजार !

June 4, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको म्याग्दी रनिङ कपमा समाबेश भाग्यशाली चिट्ठामा सहभागि भई  आकर्षक पुरस्कारहरु हात पार्न कोरियामा कार्यरत प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई म्याग्दी समाज समिति दक्षिण कोरिया हार्दिक अनुरोध गर्दछ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP