म्याग्देली सांगितिक सौगातको सम्पूर्ण तयारी पूरा

January 31, 2011

 सलनालको पहिलो दिन अर्थात फेब्रुअरी २ तारिख बुधबारको दिन म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको म्याग्देली सामगितिक सौगातको सम्पूर्ण तयारी पूरा भएको छ । कार्यक्रममा सहभागि हुने नेपालका चर्चित कलाकारहरुको टोलि १ तारिख दिउंसो  ईन्छन बिमान स्थलमा उत्रने छन ।  भोलि दिउंसो संस्थाका पदाधिकारीहरु  तथा  कोरिया स्थित  पत्रकारहरुका साथ कलाकारहरुको  टोलिलाई ईन्छन बिमान स्थलमा स्वागत गर्न जाने तयारी भईरहेको जानाकारीमा आएको छ । बिशेष गरि बिश्व

बिश्वकै अग्लो हिमाल हेर्न नेपाल जानु ,बिश्वकै होचो मान्छे फेब्रुअरी २ मा तपाइँ हाम्रै सामु

January 29, 2011

बाबुराम शर्मा , सौल 
हामि कति भाग्यमानि छौ भन्ने कुरा हामि नेपालि भएर मात्रै महसुस गर्न पाइरहेका छौ होला प्रकृतिले भरिपूर्ण हाम्रो देश अनेकौ बिबिधता ले पनि उत्तिकै सम्पन्न छ त्यसै माथि विभिन्न जातजाति भाषा भाषी रहन सहनले हाम्रो पहिचान बिदेशी मुलुकमा छुट्टै छ बिश्वकै अग्लो शिखर सगरमाथाको देश हाम्रो नेपाल बिश्वकै सबैभन्दा होचा व्यक्ति खगेन्द्र थापामगर भएको देश हाम्रो नेपाल त्यसैले त हामि गौरवान्वित छौ आफुलाई नेपालि भनेर चिनाउन कहिले बिश्वकै नजर सबै भन्दा अग्लो शिखरको रुपमा नेपाल रह्यो भने कहिले बिश्वकै सबै भन्दा होचा व्यक्तिको रुपमा नेपाल रहयो तिनै हाम्रो नेपालि हरुका गौरबशाली चिज हरुलाई प्रचार प्रसारमा ल्याएर हाम्रो देश लाइ अझै उच्च शिखरमा पुर्याउनु हाम्रो जिम्मेवारी हो यहि जिम्मेवारीलाई अनुबोध गर्दै म्याग्दी समाज समिति दक्षिण कोरियाले यहि फेब्रुअरी २ तारिखमा गर्न लागेको म्याग्देली सांगीतिक सौगातमा बिश्वकै होचा व्यक्ति हामी नेपालिहरुलो गौरब खगेन्द्र थापामगर लाइ ल्याउने जमर्को गरेको हो यस कार्यक्रम बाट संकलित रकम म्याग्दी जिल्ला अस्पतालमा आकस्मिक कक्ष निर्माणमा खर्च गरिने छ

३० तारिख आईतबार म्याग्दी समाज कार्य समितिको बैठक तोङदेमुनमा बस्ने

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको म्याग्देली सांगितिक सौगातको अन्तिम तयारी स्वरुप जनवरी ३० तारिख आईतबार राजधानी सउलको तोङदेमुन शहरमा बस्ने भएको छ । यो बैठक कार्यक्रम आयोजनाको लागि बसिने अन्तिम नियमित बैठक हुने छ । भोलि सम्भवत: कार्यक्रमको लागि आबश्यक सम्पूर्ण सामाग्रीहरुको तयारी पूरा गरिने छ ।
त्यस्तै, गत हप्ता नमस्ते रेष्टुरेण्टमा आयोजना गरिएको म्याग्देली महाभेलाले कार्यक्रम सम्बन्धि कार्य बिभाजन गरेको छ ।

सबै कलाकारहरुको भिषा लाग्यो, ३१ वा १ तारिख कलाकारहरु कोरिया आई पुग्ने

January 27, 2011

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको म्याग्देली सांगितिक सौगातका सम्पूर्ण कलाकारहरुको लागि नेपाल स्थित कोरियन एमबिसी बाट भिषा उपलब्ध भएको छ । म्याग्देली सांगितिक सौगातका  लागि कोरिया आउने ६ जना र खगेन्द्र प्रतिस्थान केन्द्रको तर्फबाट साथमा कोरिया आउने २ जना गरि ८ जनाको आज  भिषा उपलब्ध भएको हो । कार्यक्रममा नेपाल बाट कलाकारहरुको टोलि ३१ तारिख वा १ तारिख बिहान सम्मा ईन्छन बिमानस्थलमा आईपुग्ने छन ।

रेसुंगा भलिबल कपको टाईशिट तयार म्याग्दी समाज रेसुंगा क्लब सित भिंडने

January 16, 2011

गुल्मी सम्पर्क समितिले आयोजना गर्न गईरहेको प्रथम रेशुंगा कप भलिबल खेल प्रतियोगिताको खेल टाईशिट हिजो आईतबार तयार भएको छ । १३ टीमले सहभागिता जनाउने यस खेलमा म्याग्दी समाज ए पोलमा रेशुंगा क्लब सित छैठौ खेल खेल्ने छ । यदि रेशुंगा क्लबलाई पछि पार्न सकेमा सिधै सेमिफाईनलमा पुगि नवलपरासी,बाग्लुङ,सुदुरपश्चिम,वा खोटाङ सित भिंडनु पर्ने छ ।

२० डिग्री चिसोको त्यो कठ्याङरिने जाडोमा समेत तात्दै छ म्याग्देली माहोल

भरत तुलाचन
आज आईतबार कोरियाली भूमिको २० डिग्री चिसोको त्यो कठ्याङरिने जाडोमा पनि आगामी फेब्रुरी महिनाको २ तारिखमा आयोजना गर्न लागिएको म्याग्देली सांगितिक सौगातको माहोल तात्दै गईरहेको छ । कोरियाको महान पर्व सलनाल नजिकिदै गर्दा आज राजधानी सउलको तोङदेमुनको  हरेक रेष्टुरेण्ट र गल्ली गल्लीहरुमा म्याग्दी समाजले आयोजना गर्न लागेको म्याग्देली सांगितिक सौगात र बिश्व चर्चित खगेन्द्र थापा मगरको Read More......

२३ तारिख आईतबार म्याग्देली महाभेलाको आयोजना गरिने

January 10, 2011

कोरियाको महान् पर्व आगामी सलनालको पहिलो दिन अर्थात फेब्रुरी २ तारिख बुधबारको दिन  म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको म्याग्देली सांस्कृतिक सौगात आयोजनाको कार्य बिभाजन र कार्यक्रमको अन्तिम तयारी गर्न म्याग्दी समाज समिति दक्षिण कोरियाले यसै महिनाको २३ तारिख आईतबारको दिन म्याग्देली महाभेलाको आयोजना गर्ने भएको छ ।  More..

स्वर्गिय बिरु रोका सहयोगार्थ चन्दा संकलनको अन्तिम बिबरण सार्वजनिक

January 9, 2011

गत महिनाको ५ तारिख आईतबा कोरियाली भूमिमा आकष्मिक निधन हुनु भएका म्याग्दी समाजका भुपु अध्यक्ष बिरु रोका ज्युको सहयोगार्थ संकलित चन्दा रकमको अन्तिम हिसाब आज म्याग्दी समाजको १३ औ बैठकले समापन गरेको छ । आजको मिति देखि स्वर्गिय बिरु रोका ज्युको सहयोगार्थ चन्दा संकलन कार्यलाई स्थगित गर्ने गरि गरिएको अन्तिम हिसाब अनुसार जम्मा संकलित चन्दा रकम र खर्च  बिबरण यस प्रकार रहेको छ ।
जम्मा चन्दा संकलन- 115,68,100
जम्मा खर्च बिबरण- 60,20,000
बांकी रहन आएको रकम- 55,47,900
चन्दा संकलन बाहेक उहांको कम्पनीबाट तलव स्वरुप Read more>>>>>

९ तारिख आईतबार कार्य समितिको बैठक यो महिना आईतबारहरुमा लगातार बैठक बस्ने

January 5, 2011

बैठक स्थान:- तोङदेमुन डांडा गाऊं
समय :- १ बजे ।
म्याग्दी समाज समितिले आयोजना गर्न लागेको म्याग्देली सांगितिक सौगातको तयारी लगायत बिबिध बिषयहरु माथि छलफल गर्न यो महिनाको हरेक आईतबार म्याग्दी समाज कार्य समितिको बैठक बस्ने भएको छ । यसै महिनाको अन्तिम हप्ता कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरुको उपस्थितमा  बृहत भेलाको आयोजना गरि कार्यक्रमको

हिजो १ तारिख म्याग्देली बृहत भेला सम्पन्न,उत्साही म्याग्देलीहरुको उल्यख्य उपस्थिति

January 2, 2011

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको म्याग्देली सांगितिक सौगातको तयारी सम्बन्धमा बिशेस छलफल गर्नको लागि हिजो १तारिख आयोजना गरिएको म्याग्देली बृहत भेलामा उल्यख्य उत्साही म्याग्देलीहरुको उपस्थिति भएको छ । राजधानी सउलको तोङदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा आयोजना गरिएको बृहतभेलाको अध्यक्षता समाका अध्यक्ष नर बहादुर पुनले गर्नु भएको थियो । हिजोको भेलाले आगामी कार्यक्रमलाई

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP