म्याग्दी रनिङ कप २०११ को टाईशीट तयार

May 29, 2011

खेल टाईशीट ठूलोमा हेर्न टाईशीट स्क्रिनमा क्लिक गर्नुहोस
भरत तुलाचन ,सउल कोरिया
म्याग्दी समाज समिति दक्षिण कोरियाले जुन महिनाको ५ तारिख आईतबार अर्थात आगामी हप्ताको आईतबार आयोजना गर्न लागेको प्रतिष्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कप २०११ को खेल टाईशीट सहभागी टीमका एक एक जना प्रतिनिधिहरुको उपस्थितिमा गोलाप्रथा माध्यमबट तयार गरेको छ । आज राजधानी सउलको सदेमुन स्थित एम टी यु को कार्यालयमा  तयार गरिएको उक्त टाईशीट अनुसार म्याग्दी समाज समिति दक्षिण कोरियाको ए र बी गरि १५ टीमले सहभागिता जनाएका छन । टाईशीटमा म्याग्दी समाज बी टीमलाई पहिलो खेल खेल्नको लागि १ नम्बर प्रदान गर्दै अन्य १४ टीमले गोला ताने पनि म्याग्दी समाज ए टीमलाई दुई नम्बर परे पछि आयोजनाको पहिलो खेल म्याग्दी समाज ए र म्याग्दी समाज बी बिच प्रतिष्प्रर्धा हुने भएको छ  त्यस्तै, दोश्रो खेल स्याङजा परिवार ए र नेपाल मगर संघको बिच कडा प्रतिष्प्रर्धा हुने छ । जुन  ५ तारिख बिहान ठीक १० बजे देखि शुरु हुने यस आयोजनामा समयाभावको कारण हरेक प्रतिष्प्रर्धामा खेल समापन पश्चातको १५ मिनेट समय दिईने छ, तर उक्त समयमा प्रतिष्प्रर्धी मध्यका एक टीम खेल मैदानमा अनुपस्थित रहेमा सिधै खेल मैदानमा उपस्थित रहेको टीमलाई बिजयी बनाईने छ । यस आयोजनामा एम्पायरको लागि म्याग्दी समाज टीमबाट रवी मल्ल र नेपाल भलिबल संघको तर्फबाट नेपालबाटै एम्पायरको लाईसेन्स प्राप्त केश भक्त गुरुङले आयोजनाका सम्पूर्ण सेटहरुमा पहिलो मध्यष्थकर्ताको  भूमिका निभाउनु हुने छ ।

म्याग्दी रनिङ कपको टाईशीट तयार हुदै, १५ टीमको सहभागिता

 लाईभ अपडेट  4:10
म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको म्याग्दी रनिङ कपको टाईशीट तयार हुन लागेको छ । हाल सम्म १५ टीमले सहभागिता जनाएका छन । म्याग्दी बी लाई १ नम्बरको नाम दिइएको छ । २ नम्बर पाउने टीमले आयोजनाको शुरुको खेल खेल्नु पर्ने छ ।
अहिले सम्म  दर्ता भएका टीमहरु यस प्रकार रहेका छन
१ म्याग्दी समाज A
२ रुपन्देही सम्पर्क समिति
३ अर्घाखांची परिवार
४ नवलपरासी 
५ पर्वत सेवा समाज
६ नेपाल मगर संघ
७ स्याङजा परिवार A
८ बाग्लुङ सम्पर्क समिति A
९ गुल्मी सम्पर्क समिति
१० म्याग्दी समाज B
११ बाग्लुङ सम्पर्क समिति B
१२ तनहुं प्रवासी उद्दार समिति
१३ स्याङजा परिवार B
१४ लभ ईन नेपाल
१५ नेपाल भलिबल संघ

म्याग्दी रनिङ कपको टाईशीट २९ तारिख आईतबार तयार हुने

May 24, 2011

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको म्याग्दी रनिङ कप २०११ को टाईशीटको लागि गोलाप्रथा मे महिनाको २९ तारिख आईतबार एम टि यु को कार्यालय सदेमुनमा सम्पन्न हुने भएको छ । दिनको ३ बजे सम्पन्न हुने गोलाप्रथा कार्यक्रममा सहभागि हुन कोरियामा रहेका संघ सस्थाका प्रतिनिधिहरुलाई हार्दिक अनुरोध गरिएको छ । म्याग्दी रनिङ कपमा सहभागि हुन चाहाने प्रत्यक टीमले प्रति टीम (१५०,०००) एक लाख पचास हजार ओन सहभागि शुल्क स्वरुप दाखिला गर्नु पर्ने छ । तर एउटै टीमको नामबाट ए र बी सहभागि हुने भएमा सहभागि शुल्क स्वरुप जम्मा २५०,००० दुईलाख पचास हजार ओन मात्र दाखिला गर्नु पर्नेछ । थप बिबरण...........

यस्तो छ म्याग्दी अस्पतालको बास्तबिकता, पूरा गर्नै पर्छ हाम्रो प्रतिबद्दता !

May 23, 2011

शल्यक्रिया गरेका बिरामी खुला आकाशमुनि
(कान्तिपूर अनलाईनमा घनश्याम खडकाले लेख्नु भएको रिपोर्ट जस्ताको तस्तै)  म्याग्दी, जेष्ठ ९ - जिल्ला अस्पतालमा बिरामीको चाप बढेपछि शल्यक्रिया गरेका बिरामी खुला आकाशमुनि पेटीमा रात काट्न बाध्य भएका छन् । १५ शय्या क्षमताको उक्त अस्पतालमा १ सय ५८ जना बिरामी र उत्तिकै संख्यामा कुरुवा थपिएपछि अस्पतालको हल, प्यासेज, पेटी र रूख मुनि समेत बिरामी राखेर उपचार गराउनुपरेको अस्पतालले जनाएको छ । थप बिबरण.........

म्याग्दी रनिङ कपको तयारी बैठकमा म्याग्देलीहरुको उल्यख्य सहभागिता

म्याग्दि समाज समिति दक्षिन कोरियाले आयोजना गर्न लागेको म्याग्दी रनिङ कपको तयारी स्वरुप बोलाईएको गत २२ तारिखको बैठकमा कार्य समिति लगायत उल्यख्य म्याग्देलीहरुको उपस्थितिमा बैठक सम्पन्न भएको छ । म्याग्देली सांगितिक सौगात पश्चात  छाएको सुन्यतालाई तोड्दै  उत्साहजनक रुपमा म्याग्देलीहरुको दह्रो उपस्थिति भएको हो । करिब तीस जना म्याग्देलीहरुको उपस्थितिमा समितिको हिजो आईतबार बसेको बैठकले समाजले आयोजना गर्न लागेको म्याग्दी रनिङ कपलाई पूर्ण सफल बनाउनु पर्नेमा जोड दिंदै कार्यक्रमको लागि आबश्यक सम्पूर्ण तयारीको बारेमा छलफल गरि अन्तिम निर्णय गरेको छ ।   राजधानी सउल देखि  २ घण्टा टाढा रहेको अस्पतालबाट Read More...........

एक जना म्याग्देलीको धन्नै ज्यान गएन, तीन दिन आईसियुमा राखे पश्चात हाल खतरा मुक्त

May 22, 2011

म्याग्दी जिल्ला मल्कबाङबाट करिब १० बर्ष अगाडी कोरिया भित्रिनु भएका पुर्ण बहादुर छन्त्याल एक कन्सट्रकशन कम्पनीको बिलडिङ बनाउंदै गर्दा दुर्घटना हुन पुगि हाल अस्पताल भर्ना हुनु भएको छ । निर्माधिन बिलडिङको १ टल्ला माथिबाट तल कंक्रिटमा बज्रिन पुगेपछि उहां बेहोश हुनु भएको थियो । थप बिबरण

मे 22 तारिख आईतबार म्याग्दी रनिङ कप २०११ तयारी बैठक बस्ने

May 16, 2011

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको प्रतिष्प्रर्धातमक भलिबल खेल -म्याग्दी कपको- तयारी गर्नको लागि मे 22 तारिख आईतबार म्याग्दी समाज कार्य समितिको बैठक बस्ने भएको छ । बैठकमा आबश्यक सामग्रीहरुको तयारी लगायत अन्य बिषयमा छलफल हुने छ । बैठकमा उपस्थित भईदिनु हुन कार्य समितिका सम्पूर्ण पदाधिकारीहरु तथा म्याग्देली दाजुभाई तथा दिदी बहिनीहरुलाई हार्दिक अनुरोध छ ।
स्थान: तोङदेमुन स्थित नाकसान भिल्लेज
समय: १२ बजे

जुन ५ तारिख आईतबार आयोजना गरिने म्याग्दी रनिङ कप २०११ को तयारी द्रुत गतिमा हुंदै

म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी जुन ५ तारिख आईतबारको दिनमा आयोजना गर्न लागेको प्रतिष्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कप २०११ को तयारी द्रुत गतिमा हुंदै गरेको  छ ।  प्रतियोगितामा सहभागिता जनाउन कोरियामा रहेका क्रियाशील संघ संस्थाहरुलाई पत्राचार गरि सकिएको छ । उक्त प्रतियोगिताको लागि आबश्यक खेल टाईशीटको लागि यसै महिनाको २९ तारिख आईतबार गोलाप्रथाको मिति तय गरिएको छ । प्रतियोगितामा आकर्षक पुरस्कार सहितको भाग्यशाली चिट्ठाको समेत ब्यबस्था गरिनुको साथै आयोजकको तर्फबाट सेलरोटी लगायतका मिष्ठान्न परिकारहरु बेचबिखन गरिने छ । म्याग्दी रनिङ कपको गत साल बिजेता बाग्लुङ टीमले म्याग्दी कपलाई सदाको लागि पोल्टामा पार्ने हो वा अन्य नयां टीमले खोस्ने हो प्रतिक्षाको बिषय भएको छ ।

प्युथान निवासी खेम थापा मगर अस्पतालमा, सहयोगको लागि अनुरोध

May 14, 2011

प्युथान जिल्लाबाट कोरियाली भूमिमा आई कार्यरत खेम थापा मगर कामकै सिलसिलामा ढाडको हड्डी भांच्चिन पुगेकोले अप्रेशन गरेर हाल अस्पताल रहनु भएको छ । राजधानी सउलको तोङदेमुन स्थित दुसान टावरको पछाडी रहेको कुकरिम अस्पतालमा गत एक हप्ता देखि रहेका थापा कोरिया भित्रिए देखिनै म्याग्देलीहरु संग अति  नजिक मानिनु हुन्छ । म्याग्देलीहरुको हरेक सुख दुखमा साथ दिदै आउनु भएका थापालाई हाल चिरपरिचित साथीभाईहरुबाट सहयोग रकम समेत संकलन भईरहेको छ । यदि उहांलाई सहयोग गर्ने मनशाय भएका ब्यक्तीहरुको लागि टंक पाईजा म्याग्दी 010 2914 3956  को फोन नम्बरमा सम्पर्क गरि सहयोग गर्न सक्नु हुने छ । सहयोग बिबरण..........

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP