दुर्भाग्यवश कोरियाली भूमिमा दुबै हात गुमाउन पुगेकी म्याग्देली चेली लिला रामजालीलाई स्याङजा परिवार दक्षिण कोरियाले समेत आर्थिक सहयोग गर्ने निर्णय गरेको कुरा स्याङजा परिवारका नव नियुक्त अध्यक्ष श्री मिलन रानाले आज फोन मार्फत जानाकारी गराउनु भएको छ । बिदेशी भूमिमा एकजना म्याग्देली चेलीलाई पर्न आएको दुखद परिस्थितिमा सहयोग गर्ने संघ संस्थाहरु मध्य स्याङजा परिवार तेश्रो हो । यस अघि नेपाल मगर संघ गणतन्त्र कोरियाले तीन लाख ओन सहयोग गर्ने घोषणा गरि सकेको छ भने वुमन्स फोर वुमन्स कोरियाले एक लाख ओन सहयोग म्याग्दी समाजको खातामा पठाई सकेको छ । एन सिसी पुसान शाखाले भने पुसान एरियामा चन्दा संकलन कार्यलाई तिब्रता दिंदै अन्य बिबिध सहयोग गर्दै आएको छ । सहयोगी सम्पूर्ण संघ संस्थाहरुलाई म्याग्दी समाज समिति दक्षिण कोरिया हार्दिक धन्यबाद ज्ञापन गर्दछ ।
४ तारिख आईतबार सहयोग रकम हस्तान्तरण कार्यक्रम सहित नियमित बैठक बस्ने
February 26, 2012
यसै हप्ताको आईतबार अर्थात मार्च ४ तारिख आईतबारको दिन म्याग्दी समाज समिति दक्षिण कोरियाको नियमित दोश्रो बैठक बस्ने भएको छ । उक्त दिन दुर्घटनामा परेर उपचारार्थ अस्पताल रहेकी म्याग्देली चेली लिला रामजालीको प्रत्यक्ष उपस्थितिमा हाल सम्म संकलित रकम हस्तान्तरण गरिने कार्यक्रम रहेको छ । कार्य समितिका सम्पूर्ण सदस्यहरु,सल्लाहकार सदस्यहरु तथा कोरियामा कार्यरत सम्पूर्ण म्याग्देलीहरुको बृहत उपस्थितिमा हस्तान्तरण कार्यक्रम र म्याग्दी अस्पतालको आकस्मिक कक्ष निर्माणार्थ तयार गरिएको ~CHINO MYAGDELI LOTTERY~को बितरण र आगामी अप्रील महिनाको १५ तारिख देखि निर्माण कार्यको थालनी गर्ने बारेमा बृहत छलफल गरिने छ । हाल म्याग्दी अस्पतालको आकस्मिक कक्ष करिव १२ लाख रुपैयांमा निर्माण गर्नको लागि सदरमुकाम बेनीमा निर्माण कमिटी गठन लगायतका प्रकृयाहरु अगाडी बढिसकेको छ ।
स्थान-दुर्गा रेष्टुरेण्ट चोङगाक (चिया)
समय- दिनको १२ बजे
स्थान-दुर्गा रेष्टुरेण्ट चोङगाक (चिया)
समय- दिनको १२ बजे
म्याग्देली चेली लिला राम्जालिलाई सहयोग गर्न नेपाल सम्पर्क सामिति पुसान शाखाको हार्दिक अपिल
February 23, 2012
बिभिन्न संघ संस्था तथा बिभिन्न उद्देस्यले कोरियामा पाल्नु भएका सम्पुर्ण कोरीयाबासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा नेपाली सम्पर्कसमिती बुशान शाखा हार्दिक अपिल गर्दछ ।
सुन्दर भबिष्यको सपनाको साथ म्याग्दी जिल्ला कुहुं गाबिसबाट 2011-04-28 मा ईपिएस भिसा मार्फत कोरियाको बुसान शहरको सिन्फेङमा कार्यरत २३ बर्षिय लिला राम्जालीले आएको ६ महीनैमा अर्थात 2011-10-12 मा संधैको लागि दुबै हातको हत्केला गुमाउन पुगेकी छिन । चार सय डिग्रीको तापक्रम सहितको प्लाष्टिक कम्पनीको मेशिनमा च्यापिन पुगेको दुबै हत्केलाको जोर्नी देखि २ सेन्टिमिटर माथि सम्म गुमाउन पुगेकी छिन । भन्ने कुरा सम्पूर्ण नेपालीहरुमा यस अघी नै थाहाभएको कुरा नै भएको र हाल उपचारको क्रममा छाङउन अस्पतालमा रहेकोले डाक्टरहरुको सल्लाह बमोजिम नक्कली हात राख्ने कुरामा सहमती भएको थियो र सो बमोजिम हातको नाप जाप गरी जर्मनमा बनेको १ करोड २० लाख कोरियन वोन पर्ने हात तयार गरिएको छ ।
सहयोग रकम हस्तान्तरण कार्यक्रम पर सर्यो
February 20, 2012
कम्पनी दुर्घटनामा परेकी म्याग्देली चेली लिला रामजाली सहयोगार्थ संकलित रकम यसै महिनाको अन्तिम हप्ता सम्मा हस्तान्तरण गरिने निर्णय भएता पनि बिबिध कारणवश हस्तान्तरण कार्यक्रमलाई केहि पर सारिएको छ । म्याग्दी रनिङ कप तयारीको लागि बोलाईएको बिशेष बैठक केहि पर सारिए पछि हस्तान्तरण कार्यक्रम समेत सरेको छ । आगामी ४ वा ११ तारिख आईतबार बैनी लिला रामजालीलाई सउल ल्याई म्याग्देलीहरु बिच भेटघाट गर्दै संकलित रकम हस्तान्तरण गरिने छ ।
म्याग्देली चेली लिला रामजाली सहयोगार्थ संकलित रकम यसै महिनाको २६ तारिख हस्तान्तरण गरिने
February 13, 2012
कम्पनी दुर्घटनामा परेकी म्याग्देली चेली लिला रामजाली सहयोगार्थ संकलित रकम यसै महिनाको अन्तिम हप्ता सम्मा हस्तान्तरण गरिने भएको छ । हिजो बसेको कार्य समितिको पहिलो बैठकले संकलित रकमलाई यसै महिनाको २६ तारिख आईतबार हस्तान्तरण गर्ने निर्णय गरेको हो । हाल सम्म उपचारार्थ कोरियाको पुसान शहर स्थित अस्पतालमा रहेकी चेली लिला रामजालीलाई हस्तान्तरण कार्यक्रमको लागि शनिबार सांझ देखि आईतबार सम्मको लागि राजधानी सउल बोलाउने तयारी भईरहेको छ ।
म्याग्दी समाज नवौ कार्य समितिको पहिलो बैठक सम्पन्न,म्याग्दी अस्पतालको आकष्मिक कक्ष निर्माण कार्यको थालनी गर्ने निर्णय
February 12, 2012
म्याग्दी समाज समिति दक्षिण कोरिया नवौं कार्य समितिको पहिलो बैठक राजधानी सउलको ओईदे स्थित नमस्ते रेष्टुरेण्टमा सम्पन्न भएको छ । समाजका नव नियुक्त अध्यक्ष भरत तुलाचनको अध्यक्षता र सचिव बाबुराम शर्माको संचालनमा सम्पन्न बैठकको पहिलो चरणमा नवौं कार्य समितिको सल्लाहकार सदस्यहरुको चयन गरिएको थियो । जस्मा,म्याग्दी समाज सातौं तथा आठौं कार्य समितिका अध्यक्ष नर बहादुर पुन, पुर्व सल्लाहकार तथा थसेस कोरियाका अध्यक्ष भक्त सेरचन, एनआरएन कोरियाका पुर्व अध्यक्ष तथा एन आर एन च्यारिटी टाक्स फोर्स एसियाका संयोजक बिनोद कुंवर, म्याग्देली ब्यबसायी ओम जुग्जाली र कोरियाली कम्पनीका म्याग्देली मालिक रविन छन्त्याललाई सल्लाहकारमा चयन गरको छ । त्यस्तै आजको बैठकले बरिष्ठ भलिबल खेलाडी मुक्त केसीको अध्यक्षतामा म्याग्दी समाज नवौ कार्य समिति अन्तर्गत खेलकूद समितिको चयन गरेको छ । जस्मा, अध्यक्ष- मुक्त केसी,उपाध्यक्ष-भबिन्द्र पाईजा,सचिव-अमर छन्त्याल,कोषाध्यक्ष-उदय बुढाथोकी र सदस्यहरुमा, कमल पुन,योगेन्द्र छन्त्याल,किसन सेन,श्री प्रसाद पुन,राजकुमार पुन,मोहन फगामी,भिम पुन , दुर्गा भण्डारी र मोहन फगामीलाई चयन गरिको छ ।
बैठकले म्याग्दी अस्पतालको आकष्मिक कक्ष निर्माण कार्यलाई मार्च महिना देखि शुरु गर्ने गरि आर्थिक संकलन सम्बन्धि अति महत्वपुर्ण निर्णय गरेको छ । त्यस्को अलावा म्याग्दी रनिङ कपको आयोजना र आगामी छुसकमा म्याग्दी समाज समितिको तर्फबाट हाल सम्म आयोजित चिट्ठा कार्यक्रम भन्दा बिल्कूल नयां स्वरुपको भाग्यशाली चिट्ठा कार्यक्रमको आयोजना गर्नको लागि दाबेदारी दिने निर्णय गरेको छ ।
म्याग्देली चेली लिला रामजाली सहयोगार्थ ६५ लाख ओन भन्दा बढि संकलन गर्न सफल
February 11, 2012
म्याग्दी जिल्ला कुंहु गाबिसबाट ईपियस भीषा मार्फत कोरिया आई कार्यरत रहंदा कम्पनीको मेशिनमा दुबै हात परि दुबै हातको पन्जा लगाउने भाग सम्म गुमाउन पुगेकी बर्ष २३ की लिला रामजालीको सहयोगार्थ म्याग्दी समाज समिति दक्षिण कोरियाले शुरु गरेको चन्दा सहयोग संकलन बिबरण अनुसार हाल सम्म करिब पैसठ्ठी लाख ओन भन्दा बढि संकलन गर्न सफल भएको छ । स्मरणिय रहोस् गत जनवरी महिनामा कोरोयामा सम्पन्न दुई वटा सांस्कृतिक कार्यक्रममा हजारौ प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको माझ समाजको तर्फबाट चन्दा बक्स मार्फत करिव चौवालिस लाख ओन संकलन गरिएको थियो । कोरियामा रहेका म्याग्देलीहरुलाई न्युनतम २० हजार ओनको दरले संकलन सुरु गरिएको सहयोग बापत समेत करिव २० लाख ओन भन्दा धेरै संकलन भई सकेको छ । More picture....
म्याग्दी जिल्ला कुंहु गाबिसबाट ईपियस भीषा मार्फत कोरिया आई कार्यरत रहंदा कम्पनीको मेशिनमा दुबै हात परि दुबै हातको पन्जा लगाउने भाग सम्म गुमाउन पुगेकी बर्ष २३ की लिला रामजालीको सहयोगार्थ म्याग्दी समाज समिति दक्षिण कोरियाले शुरु गरेको चन्दा सहयोग संकलन बिबरण अनुसार हाल सम्म करिब पैसठ्ठी लाख ओन भन्दा बढि संकलन गर्न सफल भएको छ । स्मरणिय रहोस् गत जनवरी महिनामा कोरोयामा सम्पन्न दुई वटा सांस्कृतिक कार्यक्रममा हजारौ प्रवासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुको माझ समाजको तर्फबाट चन्दा बक्स मार्फत करिव चौवालिस लाख ओन संकलन गरिएको थियो । कोरियामा रहेका म्याग्देलीहरुलाई न्युनतम २० हजार ओनको दरले संकलन सुरु गरिएको सहयोग बापत समेत करिव २० लाख ओन भन्दा धेरै संकलन भई सकेको छ । More picture....
फेब्रुअरी १२ तारिख म्याग्दी समाज नवौं कार्य समितिको पहिलो बैठक बस्ने
February 2, 2012
म्याग्दी समाज समिति दक्षिण कोरियाको नव गठित नवौं कार्य समितिको पहिलो बैठक आगामी हप्ताको आईतबार अर्थात फेब्रुअरी १२ तारिख आईतबारको दिन बस्ने भएको छ । कार्य समितिको पहिलो बैठकले बैठकको पहिलो चरणमा नवौ कार्य समितिको सल्लाहकार सदस्यहरु र म्याग्दी समाज खेलकूद समितिको चयन गर्ने छ भने बैठकको दोश्रो चरणमा म्याग्दी अस्पतालको आकष्मिक कक्ष निर्माण कार्यलाई छिटो भन्दा छिटो अगाडी बढाउन सकिने सम्भावित उपायहरु माथि थप छलफल गरिने छ ।
स्थान-ओईदे स्थित नमस्ते रेष्टुरेण्टको माथिल्लो तल्ला ।
मिति-२०१२ फेब्रुअरी १२ आईतबार ।
समय- दिनको १२ बजे ।
थप बिबरण
स्थान-ओईदे स्थित नमस्ते रेष्टुरेण्टको माथिल्लो तल्ला ।
मिति-२०१२ फेब्रुअरी १२ आईतबार ।
समय- दिनको १२ बजे ।
थप बिबरण
म्याग्दी समाजका सल्लाहकार बिनोद कुंवर एन आर एन च्यारिटी टास्क फोर्सको संयोजकमा मनोनित
गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष जीवा लामिछानेको संयोजकत्वमा गठित परोपकार तथा लोक कल्याणकारी कार्यदल अर्थात "च्यारिटी टास्क फोर्स"मा म्याग्दी समाज समिति दक्षिण कोरियाका सल्लाहकार तथा एनआरएन कोरियाका पूर्व अध्यक्ष बीनोद कुँवरलाई नियूक्त गरिएको छ । कुँवरले उक्त कार्यदल प्रमूखको रुपमा दक्षिण कोरिया,चीन तथा ताइवान क्षेत्रको च्यारिटी सम्वन्धी काम हेर्ने बुझिएको छ । सो कार्यदलले तल उल्लेखित बुँदाहरुमा आफ्नो कार्य गर्ने संघले जनाएको छ । म्याग्दी समाज समिति दक्षिण कोरिया उहांको कार्यकालको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।
Subscribe to:
Posts (Atom)






