म्याग्देली दिदी बहिनीहरुले म्याग्देली लगायत पर्वासी दाजुभाईहरुको सम्मानमा आयोजना गर्न लागेको तिहार कार्यक्रम लुम्बिनी रेष्टुरेण्टमा गर्ने भनिएता पनि बिबिध कारणवश स्थान परिवर्तन भई सउलको छङन्याङनी स्टेशनबाट २ श्टेशन अगाडि ओईदे श्टेशनको ५ नम्बर गेटको ठिक अगाडी रहेको नमस्ते रेष्टुरेण्टमा आयोजना गरिने थाहा भएको छ ।
लुम्बिनी रेष्टुरेण्टमा म्याग्देली दिदी बहिनीहरुको तिहार कार्यक्रम तय
October 27, 2010
कोरियामा रहेका म्याग्देली दिदी बहिनीहरुले आयोजना गर्ने भनिएको तिहार कार्यक्रम तोङदेमुन स्थित लुम्बिनी रेष्टुरेण्टमा आयोजना गर्ने निश्चित भएको छ । आगामी नोभेम्बर ७ तारिख आईतबारको दिनको उक्त तिहार कार्यक्रममा म्याग्देली दाजुभाई लगायत कोरियामा रहेका चिर परिचित प्रवासी दाजुभाईहरुलाई निमन्त्रणा दिईने छ । कार्यक्रममा उपस्थित दाजुभाईहरुलाई म्याग्देली दिदी बहिनीहरुले भाईटीका र सयपत्री फूलको मालाले स्वागत गर्ने छन ।
बेनीमा मगर संस्कृतिमा आधारित चलचित्र 'तिलेनी' को प्रर्दशन
October 21, 2010
मगर संस्कृतिमा आधारित फिल्म 'तिलेनी' हालै सदरमुकाम बेनीलगायत विभिन्न स्थानमा प्रदर्शन गरियो । जनसांस्कृतिक मञ्चका केन्द्रीय सदस्यसमेत रहेका लोकगायक डम्बर पुर्जा र चन्द्रशेर पुर्जाको लगानी रहेको फिल्मले मगर समुदायमा व्याप्त अन्धविश्वासमाथि प्रहार गरेको छ ।
दक्षिण कोरियामा सम्पन्न बिश्व ट्रयाडिश्नल आर्चरी फेस्टिबलमा नेपालको सहभागिता
October 20, 2010
भरत तुलाचन,सउल कोरिया
बिश्व ट्रयाडिश्नल आर्चरी संघको आयोजनामा सम्पन्न ट्रयाडिश्नल आर्चरी फेस्टिबलमा भागलिन नेपालबाट दक्षिण कोरिया आईपुगेका नेपाल ट्रयाडिश्नल आर्चरीका पांच सदस्सिय खेलाडी टोली सफल सहभागिता जनाई गत १७ तारिख आईतबारको दिन स्वदेश फिर्ता भएको छ ।
यसपालीको तिहारमा म्याग्देली दिदी बहिनीहरुले प्रवासी दाजुभाईहरुलाई सामूहिक टीका लगाईदिने
कोरियामा रहेका म्याग्देली दिदी बहिनीहरुले यसपालिको तिहारमा कोरियामा रहेका म्याग्देली लगायत प्रवासी दाजुभाईहरुलाई सामूहिक रुपमा टीका लगाई दिने भएका छन । कोरियाली भूमिमै पहिलो पल्ट आयोजना गर्न लागिएको यस कार्यक्रममा म्याग्देली दिदी बहिनीहरु सित चिर परिचित प्रवासी दाजुभाईहरुलाई समेत कार्यक्रममा आमन्त्रण गरिने छ । आयोजना स्थलको अझै निश्चित भई नसकेता पनि आगामी हप्ता सम्मा स्थानको निश्चित हुने आयोजक दिदी बहिनीहरुले बताएका छन ।
आंधिखोला रनिङ कपमा म्याग्देली टीम पुन: असफल
October 10, 2010
स्याङजा परिवार द्दारा आयोजित आंधिखोला रनिङ कपको भलिबल खेलमा उत्साहित म्याग्देलीहरुलाई पुन: एक पल्ट निराश तुल्याईदिएको छ । यसपालिको आयोजनामा केहि आशा सहित तयार गरिएका खेलाडीहरुको आकष्मिक अनुपस्थितिले पुन: हार बेहोर्नु परेको हो । आयोजनाको छैठौ खेलमा रुपन्देही टीमलाई बिजय गर्दै अगाडी बढेपनि पर्वत संगको प्रतिष्प्रर्धामा १-२ ले पराजित हुनु पर्यो ।
खोजौं म्याग्देली हो ! हाम्रो ब्लगमा छिरेर गद्दार गर्नेहरुलाई !
October 6, 2010
म्याग्दी समिति दक्षिण कोरिया द्दारा संचालित यस ब्लग म्याग्देलीहरुको सुख दुख बिसाउने र भेटघाट गर्ने चौतारीको रुपमा स्थापित भई सकेको छ । खास गरि यस ब्लगले कोरियामा रहेका म्याग्देलीहरुको हरेक गतिबिधिहरुलाई प्रकाशन गर्नुमा महत्त्व राख्दछ । यस ब्लगले कोरियाली भूमि लगायत देश बिदेशमा रहेका म्याग्देलीहरु बिच पूलको भूमिका निर्वाह गर्दै अन्य सुभेच्छुक प्रवासी मित्रहरु संगै एकसाथ अगाडी बढ्ने प्रण गर्दछ ।
आंधिखोला रनिङ कपको टाईशिट तयार, म्याग्दी समाज समिति रुपन्देही संग भिंड्ने
October 3, 2010
स्याङजा परिवार दक्षिण कोरिया द्दारा आयोजना गर्न गईरहेको आंधिखोला रनिङ कपको टाईशिट तयार भएको छ । आज आईतबार तयार गरेको टाईशिट अनुसार म्याग्दी समाज समिति र रुपन्देही सम्पर्क समिति आयोजनाको छैठौ खेल खेल्ने भएको छ ।
म्याग्दी अस्पतालको आकष्मिक कक्ष निर्माण समिति गठनको लागि पत्र पठाईयो
October 2, 2010
म्याग्दी समाज समिति दक्षिण कोरियाले म्याग्दी अस्पतालमा आबश्यक आकष्मिक कक्षको निर्माण समिति गठन प्रक्रियाको लागि सदरमुकाम बेनी स्थित म्याग्दी अस्पतालको नाममा पत्राचार गरेको छ ।
Subscribe to:
Posts (Atom)







