म्याग्दी समाज आठौ कार्य समितिको पहिलो बैठक सम्पन्न
February 22, 2010
म्याग्दी समाज समिति दक्षिण कोरिया आठौ कार्य समितिको पहिलो बैठक हिंजो आईतबार राजधानी सउलको तोङदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा सम्पन्न भएको छ ।
म्याग्दी समाज समितिले कलाकार मौशम पुनको सम्मान गर्यो
February 19, 2010
म्याग्दी समाज समिति दक्षिण कोरियाले पर्वत समाजको निमन्त्रणामा कोरिया पाल्नु भएका म्याग्देली कलाकार तथा निर्देशक मौशम पुनको भब्य रुपमा सम्मान गरेको छ । पर्वत समाजले आयोजना गरेको गुप्तेश्वर सांस्कृतिक सौगात कार्यक्रमको आयोजना भईरहेकै दिन सम्मानको लागि आयोजक संगको सहमतिमा बिशेस समय मिलाई कलाकार मौशम पुनको सम्मान गरेको हो । सम्मानमा समाजका अध्यक्ष नर बहादुर पुन लगायतका पदाधिकारीहरुको उपस्थितिमा सम्मान गरिएको थियो ।
बेनी अनलाईनले लेखेको म्याग्दीको ताजा खबर
February 18, 2010
१..पछिल्लो समय बेनीमा अहिले गर्मी शुरु हुन थालेको छ भने। खाद्य संस्थानको जंग्गाले पनि महत्वपूर्ण स्थान पाएको छ। स्थानिय राजनितिक दलहरु अहिले उक्त खाद्य संस्थानको जग्गालाइ सार्वजनिक रुपमा प्रयोग गर्नुपर्छ भन्दै आन्दोलनमा छन
म्याग्दी समाज आठौ कार्य समितिको चयन, पुरानै अनुहारहरुको बाहुल्य
नव गठित आठौ कार्य समितिका नयां र पुराना अनुहारहरु
थप हेर्न यहां क्लिक गर्नुहोसम्याग्दी समाज सातौ कार्य समितिको साधारण सभाको बन्द शत्रमा म्याग्दी समाजका बरिष्ठ सल्लाहकार बिरु रोका ज्युको संयोजकत्त्वमा गठित पांच सदस्यिय चयन समितिले भुपु अध्यक्ष नर बहादुर पुनकै अध्यक्षतामा १७ सदस्यिय आठौ कार्य समितिको चयन गरेको छ । । पांच सदस्यिय चयन समिति र हलले पुन: नर बहादुर पुनको अध्यक्षतामा १७ सदस्यिय आठौ कार्य समितिको चयन गरेको हो ।
सातौ कार्य समितिको साधारण सभा भब्यताका साथ सम्पन्न
February 13, 2010
म्याग्दी समाज समिति दक्षिण कोरिया सातौ कार्य समितिको साधारण सभा भब्यताका साथ सम्पन्न भएको छ । सातौ कार्य समितिका अध्यक्ष नर बहादुर पुनको सभापतित्व र एन आर एन कोरियाका अध्यक्ष बिनोद कुंवरको प्रमुख आतिथ्यमा सम्पन्न सातौ कार्य समितिको साधारण सभामा करिब ८० जना म्याग्देलीहरुको उपस्थिति रहेको छ । साधारण सभामा कोषाध्यक्ष चिन बुदुजाले दुई बर्षे कार्यकालको समाजको सम्पूर्ण आय-ब्यय बिबरण प्रस्तुत गर्नु भयो भने सचिब भरत तुलाचन बाट सातौ कार्य समितिको दुई बर्षे कार्यकालको प्रगति बिबरण र पारित भावि योजनाहरुको प्रतिबेदन प्रस्तुत भएको थियो । साधारण सभामा सदस्य कर्ण पुनको स्वागत र सचिब भरत तुलाचनको संचालन रहेको थियो ।
म्याग्दी समाज समितिले म्याग्देली कलाकार मौशम पुनको सम्मान गर्ने
February 11, 2010
कोरियाको दोश्रो ठूलो महान् पर्व सलनालमा पर्वत प्रवासी समाजको आयोजनामा सम्पन्न हुन गईरहेको गुप्तेश्वर सांस्कृतिक सौगातमा भाग लिन आउनु हुने म्याग्देली कलाकार तथा चलचित्र निर्देशक मौशम पुनलाई म्याग्दी समाज समिति दक्षिण कोरियाले सम्मान गर्ने भएको छ । बिशेस कार्यक्रमका साथ सम्मान गर्ने निर्णय भएता पनि बिबिध कारणवश उक्त निर्णयले भने पूर्णता पाउन सकेन । गुप्तेश्वर सांस्कृतिक सौगात कार्यक्रमकै दिन कार्यक्रम स्थलमै बिशेस समय लिएर सम्मान गरिने भएको छ ।
कोरियाको दोश्रो ठूलो महान् पर्व सलनालमा पर्वत प्रवासी समाजको आयोजनामा सम्पन्न हुन गईरहेको गुप्तेश्वर सांस्कृतिक सौगातमा भाग लिन आउनु हुने म्याग्देली कलाकार तथा चलचित्र निर्देशक मौशम पुनलाई म्याग्दी समाज समिति दक्षिण कोरियाले सम्मान गर्ने भएको छ । बिशेस कार्यक्रमका साथ सम्मान गर्ने निर्णय भएता पनि बिबिध कारणवश उक्त निर्णयले भने पूर्णता पाउन सकेन । गुप्तेश्वर सांस्कृतिक सौगात कार्यक्रमकै दिन कार्यक्रम स्थलमै बिशेस समय लिएर सम्मान गरिने भएको छ ।
सलनालमा बराही पुत्र प्रर्दशन कार्यक्रम रद्द
February 9, 2010
म्याग्दी समाज समिति दक्षिण कोरियाले कोरियाको दोश्रो महान पर्व सलनालमा पुन मगरहरुको संस्कृतिमा आधारित चलचित्र बराही पुत्रको प्रर्दशन कार्यक्रम रद्द गरेको छ । आज बिहान म्याग्दी समाजका अध्यक्ष नर बहादुर पुनले फोन सम्पर्क गरि पुर्ण रुपमा रद्द गरिएको जानाकारी दिनु भएको हो ।
म्याग्दी समाज समितिको साधारण सभा फेब्रुरी १३ तारिख सांझ सम्पन्न हुने
February 6, 2010
म्याग्दी समाज समिति दक्षिण कोरियाको साधारण सभा आगामी फेब्रुरी १३ तारिख सांझ ६ बजे देखि सम्पन्न हुने भएको छ । नमस्ते रेष्टुरेण्टको सभा कक्षमा सम्पन्न हुने उक्त सभामा सम्पूर्ण म्याग्देलीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ । थप जानाकारीको लागि यहां क्लिक गर्नुहोस ।
Subscribe to:
Posts (Atom)









