म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी सलनाल पर्वको पहिलो दिन आयोजना गर्न गईरहेको म्याग्देली सांस्कृतिक कार्यक्रमको लागि पप, लोक पप, रिमिक्स, लोक दोहोरी,हास्य गरि ६ जना कलाकार भित्र्याउने तयारी गरि रहेको छ । जसको लागि गत हप्ताका दुई आईतबार म्याग्दी समाजको कार्य समितिको बैठक बसि ६ जना कलाकारहरुको छनोट गरि छनोट गरिएका कलाकारहरु संगको सम्पर्क कार्य समेत अन्तिम चरणमा पुगेको छ । उक्त कार्यक्रममा सहभागि हुने कलाकारहरु प्राय: सबै नयां अनुहारका छन । यताबाट नेपालमा कलाकारहरु संग सम्पर्क गरिसकेको भएता पनि कलाकारहरु संग हुने अन्तिम सम्झौता पछि मात्र सम्पूर्ण कलाकारहरुको बारेमा यसै ब्लग मार्फत सार्वजनिक गरिने भएको छ ।
म्याग्दी समाज समिति दक्षिण कोरियाको कार्यक्रममा शिव परियारले धमाका मच्चाउने
November 26, 2010
सन् २०११ फेब्रअरी २ तारिख कोरियाको दोश्रो महान चाड सलनालको अवसर पारेर म्याग्दी समाज समिति दक्षिण कोरियाले भब्य सास्कृतिक कार्यक्रम गर्दै छ । नेपालबाट ख्याती प्राप्त कलाकारहरु ल्याएर भरपुर मनोरंजन दिने तयारीमा म्याग्दी समाज समिति र सम्पूर्ण म्याग्देली हरु लागि परेका छ्न म्याग्दी समाज समिति भिन्दै र रोचक पूर्ण तरिकाले नेपालमा जन्म भै कोरियामा कर्म थलो बनाउदै आएका सम्पूर्ण नेपालीहरुलाई एकत्रित पारि मनोरंजन दिने तयारीमा रहेको छ।
सन् २०११ फेब्रअरी २ तारिख कोरियाको दोश्रो महान चाड सलनालको अवसर पारेर म्याग्दी समाज समिति दक्षिण कोरियाले भब्य सास्कृतिक कार्यक्रम गर्दै छ । नेपालबाट ख्याती प्राप्त कलाकारहरु ल्याएर भरपुर मनोरंजन दिने तयारीमा म्याग्दी समाज समिति र सम्पूर्ण म्याग्देली हरु लागि परेका छ्न म्याग्दी समाज समिति भिन्दै र रोचक पूर्ण तरिकाले नेपालमा जन्म भै कोरियामा कर्म थलो बनाउदै आएका सम्पूर्ण नेपालीहरुलाई एकत्रित पारि मनोरंजन दिने तयारीमा रहेको छ।
레이블: म्याग्दी सेरोफेरो
यसै हप्ताको आईतबार पुन: कार्य समितिको बैठक
November 23, 2010
म्याग्दी समाज समित दक्षिण कोरियाको गत हप्ता बसेको बैठकले छनोट गरेको कलाकारहरु संगको सम्पर्क र सम्भावना तथा दोश्रो चरणको छनोट प्रकृया पूरा गर्न २८ तारिख आईतबार पुन: कार्य समितिको बैठक बस्ने भएको छ । यस हप्ताको बैठक राजधानी सउलको तोङदेमुन स्थित नाकसान भिल्लेजमा बस्ने भएको छ । यसै सूचनालाई आधार मानि कार्यकारिणी तथा सल्लाहकार सदस्यहरुलाई उपस्थिति हुन र गत हप्ता अनुपस्थित कार्यकारिणी सदस्यहरुलाई अनिवार्य उपस्थिति हुन अनुरोध गरिएकोछ ।
म्याग्देली बृहत भेलाको मिति पछि सारियो, कार्य समितिको बैठकले पहिलो चरणको कलाकार छनोट गर्यो
November 21, 2010
२८ तारिख आईतबार बृहत भेलाको मिति तय, त्यसै दिन कलाकार छनोट गरिने
November 16, 2010
म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी सलनाल पर्वको पहिलो दिन अर्थात फेब्रुअरी २ तारिख बुधबारको दिन आयोजना गर्न गईरहेको सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट ल्याईने कलाकार छनोट लगायत बिबिध तयारी सम्बन्धि बृहत छलफल गर्नको लागि यसै महिनाको २८ तारिख आईतबार मिति तोकिएको छ । उक्त दिन यसै सूचनालाई आधार मानि कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरुलाई तल उल्यखित स्थान समय र मितिमा उपस्थिति हुन हार्दिक अनुरोध गरिएको छ ।
स्थान- एम टि यु को कार्यालय सदेमुन ।
मिति- २०१० नोभेम्बर २८ आईतबार ।
समय- दिनको १ बजे ।
स्थान- एम टि यु को कार्यालय सदेमुन ।
मिति- २०१० नोभेम्बर २८ आईतबार ।
समय- दिनको १ बजे ।
सलनालको पहिलो दिन तय भयो हाम्रो सांस्कृतिक कार्यक्रम
November 14, 2010
हिजो आईतबार आगामी सलनाल पर्वमा कुन कुन संस्थाले नेपालबाट कलाकार ल्याई सांस्कृतिक कार्यक्रम गर्ने भन्ने निर्कयौल गर्न नेपाल सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको बृहत भेलामा सलनालको पहिलो दिन कार्यक्रम गर्ने गरि म्याग्दी समाज समिति दक्षिण कोरिया चयन भएको छ ।
म्याग्देली दिदी बहिनीहरुको हातबाट प्रवासी दाजुभाईहरुले टिका थापे
भरत तुलाचन
सम्भवत: कोरियाली भूमिमा पहिलो पल्ट म्याग्देली दिदी बहिनीहरुले प्रवासी दाजुभाईहरुको सम्मानमा आयोजना गरेको सामूहिक तिहार कार्यक्रम राजधानी सउलको ओईदे स्थित नमस्ते रेष्टुरेण्टमा सफलताका साथ सम्पन्न भएको छ । दिदीबहिनीहरुले आफ्नो परम्परागत बिधि अनुसार पूजाआजाको काम पूरा गरेपछि प्रवासी दाजुभाईहरुलाई टिका र सयपत्री फूलको मालाले स्वागत गर्दै सेलरोटी लगायतका अन्य मिष्ठान्न परिकारहरु पस्किएका थिए ।
सम्भवत: कोरियाली भूमिमा पहिलो पल्ट म्याग्देली दिदी बहिनीहरुले प्रवासी दाजुभाईहरुको सम्मानमा आयोजना गरेको सामूहिक तिहार कार्यक्रम राजधानी सउलको ओईदे स्थित नमस्ते रेष्टुरेण्टमा सफलताका साथ सम्पन्न भएको छ । दिदीबहिनीहरुले आफ्नो परम्परागत बिधि अनुसार पूजाआजाको काम पूरा गरेपछि प्रवासी दाजुभाईहरुलाई टिका र सयपत्री फूलको मालाले स्वागत गर्दै सेलरोटी लगायतका अन्य मिष्ठान्न परिकारहरु पस्किएका थिए ।
एक बर्षको अस्पताल बसाई पश्चात आज डिश्चार्ज हुदैछिन म्याग्देली चेली
November 6, 2010
बिगत एक बर्षदेखि उपचारार्थ आनसान शहर स्थित एक अस्पतालमा रहेकी म्याग्देली चेली आज डिश्चार्ज हुने भएकी छिन । डिश्चार्ज गरि सउल सम्म ल्याउन र थप जानाकारीको लागि म्याग्दी समाजका अध्यक्ष सहितको एक टोली आज अस्पताल तर्फ प्रस्थान गर्ने छ । सम्भवत: आज ती चेलीको डिश्चार्ज पछि राजधानी सउलको तोङदेमनु स्थित अन्य म्याग्देली दिदीबहिनीहरु संगै राखिने छ । ती चेलीको खानपिन , कोठा लगाएतका सम्पूर्ण ब्यबस्था म्याग्दी समाजले गर्ने निर्णय गत हप्ताको बैठकमा भईसकेको छ । बिगतमा प्रकाशित खबरहरु हेर्न यहां क्लिक गर्नुहोस
तिहार कार्यक्रमको सम्पूर्ण तयारी पूरा
म्याग्देली दिदी बहिनीहरुले कोरियामा रहेका प्रवासी दाजुभाईहरुको सम्मानमा आयोजना गर्न लागेको तिहार कार्यक्रमको सम्पूर्ण तयारीहरु पूरा भएको जानाकारी कोरिया स्थित म्याग्देली दिदी बहिनीहरुले बताएका छन । आज आईतबार १२ बजे देखि राजधानी सउलको ओईदे स्थित नमस्ते रेष्टुरेण्टमा आयोजना गर्न लागिएको तिहार कार्यक्रममा कोरियामा रहेका म्याग्देली लगायत चिरपरिचित प्रवासी दाजुभाईहरुलाई निमन्त्रणा गरिएको छ ।
आगामी सलनाल पर्वमा आयोजना गरिने सांस्कृतिक कार्यक्रमको लागि कलाकार छनोट प्रकृया अगाडि
November 1, 2010
btulachan, Seoul Korea
कोरियाको महान पर्व सलनालमा म्याग्दी समाज समिति दक्षिण कोरियाले नेपालबाट ख्याति प्राप्त कलाकारहरु ल्याई भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गर्नको लागि पहिलो चरणको तयारी सुरु गरेको छ । गत छुसकमा नेपाल सम्पर्क समिति सक्षिण कोरियाको मातहतमा रहि नियमबद्द कार्यक्रमको आयोजना गर्ने गरि तयारीका साथ एन सि सीको भेलामा सहभागिता जनाई दाबेदारी दर्ता गराईएपनि रोलक्रम अनुसार तेश्रो नम्बरमा पर्न गएकोले आगामी २०११ को आगामी सलनाल पर्वमा आयोजना गर्न पाउने गरि खोताङ र आपत्कालिनलाई सहयोग गरेको थियो ।
Subscribe to:
Posts (Atom)







