म्याग्दी समाजले भाग्यशाली चिट्ठाको टिकट यसै हप्ता देखि बिक्री बितरण शुरु गर्ने

March 31, 2010

टिकटलाई ठूलो साइजमा हेर्न यहां क्लिक गर्नुहोस
आगामी जुन ६ तारिख आईतबारको दिन म्याग्दी समाज समिति दक्षिण कोरियाको आयोजनामा सम्पन्न हुन गईरहेको प्रतिस्प्रर्धात्मक भलिबल खेल म्याग्दी कपको आयोजनामा समाबेश गरिएको म्याग्दी अस्पताल सहयोगार्थ भाग्यशाली चिट्ठको बिक्री बितरण यसै हप्ता अर्थात अप्रिल ४ तारिख आईतबार देखि शुरु गर्ने भएको छ ।

१२ लाख चन्दा त पहिल्यै उठ्यो् रे घारको महायज्ञमा

म्याग्दी न्युज लेख्छ,
एक उच्च माविलाई स्नातक तहको क्याम्पस बनाउन आयोजना गरिएको महायज्ञलाई स्थानिय दुई समाजसेवीले अग्रिम १२ लाख ५० हजार चन्दा दिएका छन। सदरमुकाम बेनीदेखि ३२ कोष उत्तरमा पर्ने घारास्थित मुत्तिमार्ग उच्च माविलाइ क्याम्पस बनाउन स्थानिय बहुतबहादुर बरुवाल र पदमध्वज खड्काले अग्रिम चन्दा दिएका हुन।

नक्कली परीक्षार्थी र चिट चोराउने गार्ड पक्राउ

March 26, 2010

एसएलसी परीक्षामा चिट चोर्न लगाउने गार्ड र नक्कली परीक्षार्थी गरी १० जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। प्रक्राउ पर्नेमा पशुपति आदर्श मावि परीक्षा केन्द्रबाट ६ जना तथा लहानस्थित एपोलो अङ्ग्रेजी माविबाट २ र कुशबाह मावि लहानबाट २ जना छन्।

म्याग्दी समाजले म्याग्देली खेलाडीहरुको सम्मान गर्ने

म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी हप्ता अप्रिल  ३ तारिख शनिबार सांझ म्याग्देली खेलाडीहरुको सम्मान  गर्ने भएको छ । सांझ ८ बजे देखि  सउल तोङदेमुन स्थित लुम्बिनी रेष्टुरेण्टमा
सुरु गरिने उक्त सम्मान कार्यक्रममा सम्पु्र्ण म्याग्देली खेलाडीहरु तथा म्याग्देली दाजुभाई तथा दिदी बहिनीहरुलाई उपस्थितिको लागि  खबर गरिसकेको भएता पनि यसै सूचनालाई आधार मानि कार्यक्रममा उपस्थित हुनको लागि अनुरोध सहितको जानाकारी म्याग्दी समाजका अध्यक्ष नर बहादुर पुन ज्युले दिनु भएको छ ।

स्थान- लुम्बिनी रेष्टुरेण्ट
मिति-२०१० अप्रिल ३ तारिख शनिबार ।
समय- सांझ ८ बजे ।

भोलि बिहिबार देखि एस एल सी परिक्षा सुरु हुने म्याग्दीमा सम्पु्र्ण तयारी पुरा

March 24, 2010

बिहीबारदेखि सुरु हुन लागेको यस वर्षो प्रवेशिका परिक्षाको लागि म्याग्दीमा सम्पुर्ण तयारी पूरा भएको खबर म्याग्दी न्युजले जनाएको  छ । जिल्ला शिक्षा कार्यालय, म्याग्दीले केन्द्राध्यक्ष नियुक्ती भइसकेका जनाएको छ । प्रकाश उच्च माविमा डिलबहादुर बानीया, बेनी सामुदायीक माविमा त्रिबीक्रम सुवेदी, वेष्ट प्वाईन्ट उच्च माविमा भद्रबहादुर र्घर्ती क्षेत्री, मुक्तिमार्ग उच्च मावि घारामा जयराम सुवेदी केन्द्राध्यक्षमा नियुत्त हुनुभएको छ ।

माङओलसानको हलमा जुन महिनाको ६ तारिख आईतबार म्याग्दी कपको आयोजना हुने

March 20, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको प्रतिस्प्रर्धात्मक भलिबल खेल म्याग्दी कपको मितिमा फेरबदल हुन आएको छ । आठौं कार्य समितिको पहिलो बैठकले मे महिनाको ३० तारिख आईतबारको दिनमा आयोजना गर्ने निर्णय गरेतापनि उक्त मितिमा हलको ब्यबस्था हुन नसके पछि एक हप्ता पश्चात अर्थात जुन ६ तारिख आईतबारको लागि निश्चित भएको छ ।  आगामी अप्रिल ४ तारिख आईतबार सम्ममा कार्यकर्मको लागि चिठीपत्र लगायत भाग्यशाली चिठ्ठाको टिकटको सम्पुर्ण तयारी गरि बिक्री बितरण गरिने जानाकारी प्राप्त भएको छ ।

भुपु प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको निधन

पुर्व प्रधानमन्त्रि एवं नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको मण्डिखटारस्थीत सुजता निवासमा उपचारका क्रममा मृत्यु भएको छ । दिउसो १२ बजेर ११ मिनेट जादा उहाँको उपचारमा संलग्न चिकित्सकहरुले मृत घोषणा गरेका थिए । आफ्नी एकमात्र सन्तान छोरी सुजाता निवासमा उपचारको क्रममा उहाँको निधन भएको हो ।

सल्लाहकार तथा ब्यबसायी रबिन छन्त्यालबाट म्याग्दी भलिबल टीमको लागि ड्रेस उपलब्ध हुने

March 17, 2010

म्याग्दी समाजका सल्लाहकार तथा ब्यबसायी   रबिन छन्त्यालबाट आगामी मे महिनामा आयोजना हुने म्याग्दी कपमा म्याग्दी समाज  भलिबल टीमको खेलाडी ड्रेस उपलब्ध हुने भएको छ । म्याग्दी भलिबल टीमका खेलाडीहरुलाई ड्रेस सहयोग स्वरुप उपलब्ध गराई दिन आफू ईच्छुक रहेको कुरा  फोन मार्फत आज म्याग्दी समाज कोरिया ब्लगलाई जानाकारी दिनु भएको हो ।

म्याग्दी कप २०१० आयोजनाको लागि माङओलसानकै हल निश्चित

March 16, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी मे ३० तारिख आईतबार आयोजना गर्न गईरहेको प्रतिस्प्रर्धात्मक भलिबल खेल म्याग्दी कपको लागि उईजङबु  माङओलसान स्थित सिनहोङ युनिभर्सिटीको हल निश्चित भएको छ ।    म्याग्दी समाजका अध्यक्ष नर बहादुर पुनले हल पाईएको बारेमा आज बताउनु भएको हो ।

कोरियाले आगामी वर्ष थप चार हजार नेपाली कामदार लिने

March 15, 2010

कोरियाले आगामी वर्ष थप चार हजार नेपाली कामदार लिने भएको छ। कामदार रोजगार अनुमति प्रणाली (इपीएस)मार्फत गएका नेपाली कामदारले उत्कृष्ट काम देखाएका कारण थप कामदार लिने घोषणा गरेको हो। यो वर्ष इपिएस अन्तर्गत दक्षिण कोरियामा कामदार पठाउने १५ मुलुकमध्ये नेपाल उत्कृष्ट भएको थियो। इपीएस अन्तर्गतको मानव संशाधन विभागका अधिकारीले थप चार हजार कामदार लिने जानकारी दिएका हुन्।

म्याग्दी समाज सातौं कार्य समितिको दुईबर्षे प्रगति पर्तिबेदन

March 12, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाको सातौं कार्य समितिको दोश्रो साधारण सभा गत फेब्रुअरी १३ तारिख भ्ब्यताका साथ सम्पन्न भएको छ । उक्त साधारण सभामा प्रस्तुत समितिको दुई बर्षे प्रगति प्रतिबेदन यहां राखिएको छ । समितिका सचिब भरत तुलाचन द्दारा प्रस्तुत प्रतिबेदनमा म्याग्दी समाज सातौं कार्य समितिको चयन भएको मिति २००८ फेब्रुअरी  महिना देखि २०१० फेब्रुअरी सम्मको सम्पुर्ण गतिबिधिहरुलाई समेटिएको छ । सातौं कार्य समितिको प्रगति बिबरण हेर्न क्रमश: क्लिक गर्नुहोस्  (भाग १)     (भाग २)

यसै हप्ताको १४ तारिख आईतबार हुने निःशुल्क स्वास्थ्य उपचारको फाईदा उठाऔं

March 11, 2010

प्रवासी मजदुर युनियन एम टी यु को आयोजना तथा नेपाली सम्पर्क समितिको सहकार्यमा देहान बुल्ग्यो जुंगयाग सिन्दो हुए छोगे जुंगको सहयोगमा यही मार्च १४ तारिख आईतबार दिनको १ बजे देखि सांझ ४ बजे सम्म कोरियन अनुभवी चिकित्सकहरुद्वारा प्रवासी मजदुरहरुको निम्ति निःशुल्क स्वास्थ्य उपचार सेवा हुने भएको छ ।प्रवासी मजदुरहरुको निमित्त निःशुल्क स्वास्थ्य उपचार सेवामा सहभागी गराऔं र आफू पनि सहभागी भई आफ्नो स्वास्थ्य प्रति ढुक्क भएर खुशीका साथ बाँचौं ।

अस्पतालमा इमरजेन्सी भवन निर्माणको लागि म्याग्दी अस्पतालबाट प्राप्त पत्र यस्तो छ

March 9, 2010

म्याग्दी समाज समिति दक्षिण कोरियाले  जिल्लाको सदरमुकाम स्थित बेनी बजारमा रहेको म्याग्दी अस्पताललाई सहयोग गर्न गरेको  निर्णय संगै म्याग्दी कोरिया सम्पर्क समिति बेनी मार्फत म्याग्दी समाज समिति दक्षिण कोरियालाई म्याग्दी अस्पतालको  पत्र प्राप्त भएको छ

दक्षिण कोरीया स्थीत संचारकर्मीहरुको प्रेश बिज्ञप्ती

March 8, 2010

मीन प्रकाश उप्रेती ( दक्षिण कोरीया)
हाल देशमा संचार क्षेत्र संग समंधित ब्यात्तीहरु माथि लागातार भईरहेको हत्या तथा हत्या गर्ने धम्की प्रति दक्षिणकोरीयाका कृयाशिल संचारकर्मीहरुको गम्भिर ध्यान आर्कषण भएको छ ।
सञ्चार उद्यमी जमीम शाहाको हत्या गरीएको रगतको टाटो सूक्न नपाउंदै अर्का सञ्चार उद्यमी अरुण सिँहानियाको हत्याले हामीलाई मर्माहित बनाएको छ । सही र सत्यसमाचार लेख्ने कलमलाई कायरहरुले बन्दुक द्धारा आफ्नो अनुकुल बनाउने दूष्प्रयासको हामी घोर निन्दा र भर्षना गर्दछौ ।

आगामी सलनाल पर्वमा म्याग्दी समाजले कार्यक्रम गर्न पाउने लगभग निश्चित

March 7, 2010

स्थलगत रिपोर्ट,
भरत तुलाचन सउल, कोरिया
म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी सल्नाल पर्व अर्थात २०११ सालको फेब्रुअरी महिनामा पर्ने कोरियाली महान् पर्व सलनालमा नेपालबाट ख्याति प्राप्त कलाकारहरु बोलाई सांस्कृतिक कार्यक्रमको आयोजना  गर्न पाउने लगभग निश्चित भएको छ । आज एन सि सीको बैठकमा उपस्थित कोरियामा कृयाशिल संघ संस्थाहरुको उपस्थति र कार्यक्रमको आयोजना गर्न पाउने दाबेदारको लागि दिएको उम्मेद्दवारीको छनोट प्रकृयाले उक्त निश्चितता देखाएको हो ।

म्याग्दी समाजले आगामी छुसकमा कार्यक्रम गर्न पाउनै पर्छ

March 6, 2010

भरत तुलाचन,सउल,कोरिया
भोलि ७ तारिख अर्थात मार्च महिनाको पहिलो आईतबार नेपाल सम्पर्क समिति दक्षिण कोरियाले आगामी छुसक पर्वमा नेपालबाट कलाकार ल्याई कुन संस्थाले कार्यक्रम गर्ने भन्ने निर्क्योल गर्न  उम्मेद्दवारी दर्ताको  लागि कोरियामा कृयाशिल प्राय: सबै संघ संस्थाका प्रतिनिधिहरुलाई उपस्थितिको लागि सुचना जारि गरेको छ । गत सालमा झै यसपालि पनि दर्जनौ संघ संस्थाहरुले कार्यक्रम गर्न पाउनु पर्ने दाबी गर्ने लगभग निश्चित छ । जस्मा म्याग्दी समाज सिमिति दक्षिण कोरियाले पनि आफ्नो दाबेदारी दिनेछ ।

खाराक सिजाङमा पुन: छापा, म्याग्देलीहरु समेत परेको अनुमान

March 3, 2010

Report by btulachan,seoul  chhegidong
करिव तीन महिना अगाडि मुन्जङ प्रवासी क्लवका प्राय: सबै कार्यकर्ताहरुलाई राजधानी सउल स्थित एक मासु कम्पनीमा छापामा पारि मुन्जङ प्रवासी क्लवको नाम निशाननै निमोठी दिएको कोरियाली अध्यागमणका मानव शिकारीहरुले ३ महिना पश्चात पुन: आज छापा मारेको समाचार प्राप्त भएको छ । दिउंसो अचानक छापा मार्दा  ८ जना नेपालीहरु परेकोमा म्याग्दी शिख घर भएका २ जना म्याग्देली रहेको जानाकारीमा आएको छ ।

म्याग्दी जिल्ला भलिवल टेनिङ सेन्टरले १३ जनाको खेलाडी टोली भक्तपुर पठायो

March 2, 2010

सायद यहांहरुलाई अबगत नहुन सक्छ , बिगत दुई महिना अगाडी म्याग्दी समाज समिति दक्षिण कोरियाको नियमित बैठकमा म्याग्दी समाज खेलकूद समितिका अध्यक्ष झलक आचार्य ज्युले -म्याग्दी जिल्ला भलिवल टेनिङ सेन्टरलाई सहयोग - शिर्षकको प्रस्ताव राख्नु भएपछि उक्त दिनको बैठकले सो प्रस्तावलाई सहश्र स्वागतका  साथ पारित गर्दै म्याग्दी जिल्ला भलिवल टेनिङ सेन्टरलाई सहयोग स्वरुप २३१,००० ओन अर्थात नेरु १५,०००  ( सटाईमा केहि घटबढ हुन सक्ने ) पठाईएको थियो ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP