कोरियाको महान् पर्व आगामी सलनालको पहिलो दिन अर्थात फेब्रुरी २ तारिख बुधबार म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको म्याग्देली सांस्कृतिक सौगात आयोजनाको तयारी लगायत प्रचार प्रसार र बिबिध बिषयहरुमाथि छलफल गर्न कोरियामा कार्यरत म्याग्देली बृहत भेलाको आयोजना गर्न गईरहेको छ । हाल कार्यक्रमको लागि पोष्टर,टिकट,चिठीपत्र लगायतका सम्पूर्ण सामाग्रीहरु तयारी अबस्थामा रहेकोले १ तारिख
म्याग्देली सांगितिक सौगातको लागि पोष्टर,टिकट लगायतका सामाग्री तयार, १ तारिख म्याग्देली बृहत भेलाको आयोजना गरिने
December 29, 2010
कोरियाको महान् पर्व आगामी सलनालको पहिलो दिन अर्थात फेब्रुरी २ तारिख बुधबार म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको म्याग्देली सांस्कृतिक सौगात आयोजनाको लागि आबश्यक पोष्टर,टिकट,चिठी पत्र लगायतका सामाग्रीहरु तयार भएका छन । लामो समय सम्म हलको अनिश्चितताले ब्रेक हुन पुगेको तयारी सामाग्रीहरु हलको निश्चितता संगै लेखन, डिजाईनिङ र
म्याग्देली सांस्कृतिक सौगात आयोजनाको लागि हल तयार
कोरियाको महान् पर्व आगामी सलनालको पहिलो दिन अर्थात फेब्रुरी २ तारिख बुधबार म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गर्न गईरहेको म्याग्देली सांस्कृतिक सौगात आयोजनाको लागि कठिन प्रयास पश्चात हलको ब्यबस्था गर्न सफल भएको छ । राजधानी सउल स्थित ५ नम्बर लाईनको फालसान श्टेशन नजिक
यसै हप्ताको सोमबार सम्ममा हल निश्चित हुनसक्ने सम्भावना
December 24, 2010
म्याग्दी समाज समाज समिति दक्षिण कोरियाले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रमको लागि आबश्यक हल (कार्यक्रम स्थल) को लागि म्याग्दी समाजका सल्लाहकार तथा एन आर एन कोरियाका अध्यक्ष श्री बिनोद कुंवरज्यु जोड्डार खटिरहनु भएको छ । उहांको अनुसार डिसेम्बर २७ तारिख सोमबार सम्मा निश्चित हुने छ । हलको टुंगो लागे लगत्तै कार्यक्रमको लागि पोष्टर,टिकट लगायतका आबश्यक सामाग्रीहरु ३१ तारिख बिहिबार सम्मा तयार हुने भएको छ । कार्यक्रमको लागि पोष्टर,टिकट लगायतका सामग्रीहरुको डिजाईनिङ
म्याग्देली सांगितिक सौगातको लागि विश्व चर्चित खगेन्द्र थापा मगर सहित छ जना कलाकार कोरिया आउने
December 20, 2010
click here for big size
म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी सलनालको पहिलो दिन आयोजना गर्न लागेको सांस्कृतिक सौगातमा सहभागि हुने कलाकारहरुको सम्पूर्ण तयारी पूरा गरेको छ । जस्मा हालै गिनिज बुकमा संसारकै होचा ब्यक्तीको रुपमा नाम लेखाउन सफल भई बिश्व चर्चित बन्न पुगेका १८ बर्षिय खगेन्द्र थापा मगर सहित सांगितिक क्षेत्रमा अति चर्चित थप पांच जना
सास्कृतिक सौगातका सम्पूर्ण कलाकारहरुको बिबरण भोलि सोमबार सांझ सम्म बाहिर ल्याईने
December 19, 2010
म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी सलनालको पहिलो दिन अर्थात फेब्रुअरी २ तारिख आयोजना गर्न लागेको सास्कृतिक सौगातका सम्पूर्ण कलाकारहरुको बिबरण भोलि सोमबार सांझ सम्म बाहिर ल्याईने भएको छ । सास्कृतिक सौगातमा सहभागि हुन कोरिया आउने चर्चित कलाकारहरुको सम्पुर्ण तयारी बिगत २ हप्ता अगाडि भईसकेको भएता पनि म्याग्दी समाजका भुपु अध्यक्ष बिरु रोकाज्युको आकष्मिक निधनले सास्कृतिक सौगातका सम्पूर्ण कार्यक्रमहरु स्थगन गरिएको थियो । कार्यक्रमको लागि आबश्यक हलको टुंगो भने यसै हप्ता भित्र निश्चित हुने जानाकारी म्याग्दी समाजका सल्लाहकार तथा एनआरएन अध्यक्ष श्री बिनोद कुंवरले आज बताउनु भएको छ ।
स्वर्गिय बिरु रोका सहयोगार्थ चन्दा संकलन कार्य डिसेम्बरको अन्तिम दिन सम्म मात्र जारी रहने
December 16, 2010
म्याग्दी समाज समिति दक्षिण कोरियाले भुपु अध्यक्ष स्वर्गिय बिरु रोका सहयोगार्थ चन्दा संकलन कार्य डिसेम्बरको ३१ तारिखको दिन अन्त गरिने भएको छ । आजको दिन सम्म ८१ जना म्याग्देली र ८२ जना शुभ चिन्तक प्रवासी दाजुभाई तथा दिदी बहिनीहरु गरि कूल १६३ जनाले स्वर्गिय बिरु रोका ज्युको सहयोगार्थ चन्दा प्रदान गरेका छन । आगामी जनवरीको पहिलो हप्ता सम्पूर्ण हरहिसाव गरि पार्थिव शरिरलाई अस्पताल देखि नेपाल पठाउंदा सम्म
भुपु अध्यक्ष स्वर्गिय बिरु रोकाज्युको सम्झनामा श्रद्दान्जली सभा सम्पन्न
December 12, 2010
कोरियाली भूमिमा आकष्मिक निधन हुनु भएका स्वर्गिय बिरु रोका ज्युको सम्झनामा आज आईतबार म्याग्दी समाज समिति तथा नेपाल मगर संघ दक्षिण कोरियाको संयुक्त आयोजनामा श्रद्दान्जली सभा सम्पन्न भएको छ । राजधानी सउलको सदेमुन स्थित एम टी युको सभा हलमा सम्पन्न श्रद्दान्जली सभामा कोरियामा कृयाशिल संघ संस्थाका प्रतिनिधिहरु लगायत शूभचिन्तक प्रवासी दाजुभाई र दिदीबहिनीहरु गरि १०० भन्दा बढिको उपस्थिति
स्वर्गिय बिरु रोकाको पार्थिव शरिर बिहिबार १२:४५ मा नेपाल पठाईयो, १२ तारिख आईतबार शोकसभाको आयोजना गरिने
December 9, 2010
गत आईतबार हृदयघाट हुन पुगि निधन हुनु भएका म्याग्दी समाज कोरियाका भुपु अध्यक्ष तथा बरिष्ठ सल्लाहकार स्वर्गिय बिरु रोकाज्युको पार्थिव शरिरलाई आज बिहान कोरियाली समयानुसार १२:४५ मा नेपाल पठाईएको छ । उहांको पार्थिव शरिरलाई भोलि शुक्रबार नेपाली समय मध्यान्ह १२ :४५ मा काठमाडौ स्थित त्रिभुवन बिमानस्थलमा उत्र्याईने भएको छ । पोखरा स्थित शोक सन्तप्त परिवारका केहि सदस्यहरु उहांको पार्थिव शरिरलाई बुझ्न
स्वर्गिय बिरु रोकाको पार्थिव शरिर राजधानी सउल स्थित सुन छन ह्याङ अस्पतालको शव गृहमा
December 6, 2010
भुपु अध्यक्ष बिरु रोकाको पार्थिव शरिरलाई अहिले राजधानी सउल स्थित सुन छन ह्याङ युनिभर्सिटी अस्पतालको शव गृहमा ल्याईएको पुर्याईएको छ । उक्त अस्पतालमा जान र भेट्नको लागि तल उल्यखित ठेगाना र बाटो प्रयोग गर्न सकिने छ ।
सुन छन ह्याङ युनिभर्सिटी अस्पताल पुग्न यसरी जान सकिन्छ -१ नम्बर लाईनको हेगी श्टेशनबाट योङसान सम्म चल्ने ट्रेन प्रयोग गरेमा हिंदेर पनि पुग्न सकिन्छ । त्यसकारण तपाई हेगी वा योङसानबाट छुङआङ सन (गाढा हरियो लाईन) चढ्नु भयो भने हानाम श्टेशनमा झर्नुस त्यहा बाहिर निस्कने गेट एउटा मात्र छ -तपाई सिधा अगाडी करिव ६ मिनेट पैडल हिडेर उक्त अस्पताल पुग्न सक्नु हुने छ । यदि तपाई ६ नम्बर लाईनको ईटेवन श्टेशनको ३ नम्बर गेटबाट बाहिर निस्की योङसान जाने १ नम्बरको माउल बस चढेर अस्पताल अगाडी पुग्न सकिने छ । त्यस पछि अस्पतालको शव गृह तर्फ जान सक्नु हुने छ ।
अध्यागमणमा बुझाई दिएका ३ जना म्याग्देलीहरु भोलि मंगलबार सांझ फ्लाईट हुने
भुपु अध्यक्ष स्वर्गिय बिरु रोका संगै कार्यरत तथा कम्पनीको कोठामा संगै बस्ने म्याग्दी समाजका सल्लाहकार चिन बुदुजा, अर्का सल्लाहकार फक्त पुर्जा र म्याग्दी समाज टीमका भलिबल खेलाडी दल पुर्जालाई उक्त भाव बिह्हल घटनामा साधारण सोधपूछ पछि आईतबारै तिनै जनालाई प्रहरीले अध्यागमणमा बुझाई दिए पछि भोलि मंगलबार सांझ
स्वर्गिय बिरु रोकाको पार्थिव शरिर आज सांझ ८:३० मा सउल आई पुग्ने, बिहिबारको दिन नेपाल पठाउने तयारी
कोरियाको खावन्दो स्थित छुन्छन शहरमा हिजो आईतबार निधन हुनु भएका म्याग्दी समाजका भुपु अध्यक्ष बिरु रोका ज्युको पार्थिव शरिरलाई आज सांझ ८:३० बजे (नेपाली समय ५:१५ बजे) राजधानी सउल ल्याई पुर्याईने छ । आजै सांझ उहांको पार्थिव शरिरलाई राजधानी सउलको ईटेवन स्थित सुन छन ह्याङ तेहाक अस्पतालको शव गृहमा राखिने छ । साथै यसै हप्ताको बिहिबार सम्ममा नेपाल पठाउन सकिने सम्भावना रहेको छ ।
पार्थिव शरिरलाई आगामी हप्ताको मंगलबार सम्ममा नेपाल पठाईने, छुन्छन शव गृहबाट शव भोलि मंगलबार राजधानी सउल ल्याईने
December 5, 2010
कोरियामा भएको यस भावबिह्हल परिस्थितिलाई कसरी नेपालको परिवारलाई सम्पर्क गर्ने ? भन्ने छलफल पश्चात सिधै घरमा खबर दिन नसकिएकोले हिजो आईतबार मध्यान्ह ११ बजे तिर ( स्वर्गिय बिरु रोकाज्युको दिदी काठमाडौ ) को फोन नम्बर पत्ता लगाईयो । मध्यान्ह ११ बजे तिर फोन सम्पर्क गरि उहांले नै सबै खबर पुर्याई दिनु भए
चन्दा संकलन कार्य तिब्र रुपमा अगाडी, आजको चलचित्र प्रर्दशन कार्यक्रममा ४३४,००० ओन संकलन गरियो
म्याग्दी समाजको आजको आकष्मिक बैठक पछि राजधानी सउलको चोङनो स्थित नेपाली चलचित्र प्रर्दशनी स्थलमा पुगेर स्वर्गिय बिरु रोका सहयोग स्वरुप चन्दा बक्स मार्फत चार लाख चौतिस हजार ओन संकलन गरिएको छ । म्याग्दी समाजका अध्यक्ष
कोरियामा रहेका प्रत्यक म्याग्देलीहरुबाट जनही पचास हजार ओन अनिवार्य उठाईने
अकष्मात निधन हुनु भएका म्याग्दी समाजका भुपु अध्यक्ष तथा बर्तमान सल्लाहकार स्वर्गिय बिरु रोकाको सहयोगार्थ कोरियामा रहेका म्याग्देलीहरुबाट जनही अनिबार्य पचास हजार ओन संकलन गरिने आजको आकष्मिक बैठकले निर्णय
पार्थिव शरिर छुन्छनको शव गृहमा, सोमबार मात्र सउल ल्याईने, सहकर्मी अन्य ३ जना म्याग्देलीहरुलाई अध्यागमणमा बुझाई दियो
भरत तुलाचन,
मैले आज बिहान ६ बजे देखि लगातार हाम्रो भुपु अध्यक्ष स्वर्गिय बिरु रोकाज्युको स्थिति बारे यसै बल्ग मार्फत लाईभ अपडेट गरेको थिए । त्यसपछि ९ बजे म्याग्दी समाजको आकष्मिक बैठक संचालनको लागि तोङदेमुन तिर लागें । भावबिह्हल म्याग्देलीहरु लुम्बिनी रेष्टुरेण्टमा एकाएक
कोरियामा म्याग्देलीहरुलाई दर्दनाक चोट दियो भाविले, आज राति एक जना होनहार ब्यक्ती गुमायौं
December 4, 2010
By Bharat Tulachan,seoul jegidong
समय बिहान ७:०० बजे
समय बिहान ७:०० बजे
आंखाभरि आंशु लिएर यो अति दु:खको खबर लेख्दै छु, म्याग्देलीहरुलाई दर्दनाक चोट परेको छ ,बोल्ने र लेख्ने शब्दहरु छैनन .........................................................
म्याग्दी समाजका भुपु अध्यक्ष, समाज सेवी बिरु रोका ज्यु आज बिहान रहनु भएन भन्ने खबर आएको छ । उहां हिजो सांझ काम गर्ने ठाऊं छुन्छन( सउल देखि २ घण्ट टाढा) मा खाना खाएर साथीभाई संग संगै सुत्नु भएको थियो रे आज बिहान साथीभाईले उठाउंदा मृत अबस्थामा भेटिनु भएको खबर आएको छ ।
अपडेट बिहान ७:३०
अहिले लगातार सहयात्री साथीहरु चिन बुदुजा म्याग्दी र फक्त पुर्जा म्याग्दीसंग सम्पर्क भई रहेको छ - उहांहरुको अनुसार केहि समय अगाडि प्रहरी र ११९ को गाडी रुममा आएको छ ।
अपडेत बिहान : ८:०० बजे
अहिले ११९ को गाडीमा नजिकको अस्पतालमा चेकिङको लागि लगिदै छ । प्रहरीले साधारण सोधपूछ गरि सकेको छ । हामीले चेकिङ पश्चात राजधानी सउल ल्याउन जोड गरिरहेका छौ । अहिले समाजका अध्यक्ष, एन आरएन अध्यक्ष ,एन सिसी अध्यक्ष संग कुराकानी भई रहेको छ ।
अपडेट बिहान ८:४५
साथीहरु अहिले छुनछन अस्पताल परिसरमा छन । पार्थिव शरिरको चेकिङ भईरहेको छ । २ जना बाहिर गाडीमा बसिरहेका छन भने १ जना भित्र प्रहरी सित संगै छन । छुन्छन प्रहरीले रिपोर्ट तयार पार्दै छ । हामीले अझै सउल ल्याउनु पर्नेमा जोड दिई रहेका छौं । नेपालको घरपरिवारमा खबर गर्नु पर्ने भावबिह्हल अबस्थामा खबर गर्ने आंट सम्म गर्न सकिएको छैन । काठमाडौ बस्नु हुने दिदी मार्फत खबर गर्ने तयारी भईरहेको छ । उता पार्थिव शरिरलाई सउल ल्याउने नल्याउने कुराको निश्वित अब केहि समय पश्चात हुनेछ । घरमा उहांको धर्मपत्नी,२ छोरी,बुवा आमा हुनुहुन्छ । ठूलो छोरी आईए पास गरेर पुन: यसपालि नर्शरीमा नाम निकाल्न सफल भई नर्शिङ ज्वाईन भईसकेकि छिन । ११ बर्षकी सानी छोरी ५ कलासमा पढ्दै छिन । म्याग्दीको मुडी स्थाई घर भई करिव १५ बर्ष अगाडी देखि आफ्नो परिवार पोखरा बसोवास गर्दै आउनु भएको थियो । उहां १९९२ सालमा कोरिया आई ६ बर्ष पछि नेपाल फर्कनु भएको थियो । डेढ बर्ष नेपाल बसेर रोजगारको लागि पुन: कोरिया आउनु भएको उहां पछिल्लो पटक कोरिया आएको पनि ८ बर्ष पूरा भएर नवौ बर्षमा चलि रहेको थियो ।
बिहान १० बजे,
रुम पार्टनर सहयात्री म्याग्देली साथीहरु चिन बुदुजा , फक्त पुर्जा र दलु पुर्जालाई छुन्छन प्रहरीले अबैध भएको आरोपमा अध्यागमणमा बुझाई दिएको खबर छ ।
अपडेत बिहान : ८:०० बजे
अहिले ११९ को गाडीमा नजिकको अस्पतालमा चेकिङको लागि लगिदै छ । प्रहरीले साधारण सोधपूछ गरि सकेको छ । हामीले चेकिङ पश्चात राजधानी सउल ल्याउन जोड गरिरहेका छौ । अहिले समाजका अध्यक्ष, एन आरएन अध्यक्ष ,एन सिसी अध्यक्ष संग कुराकानी भई रहेको छ ।
अपडेट बिहान ८:४५
साथीहरु अहिले छुनछन अस्पताल परिसरमा छन । पार्थिव शरिरको चेकिङ भईरहेको छ । २ जना बाहिर गाडीमा बसिरहेका छन भने १ जना भित्र प्रहरी सित संगै छन । छुन्छन प्रहरीले रिपोर्ट तयार पार्दै छ । हामीले अझै सउल ल्याउनु पर्नेमा जोड दिई रहेका छौं । नेपालको घरपरिवारमा खबर गर्नु पर्ने भावबिह्हल अबस्थामा खबर गर्ने आंट सम्म गर्न सकिएको छैन । काठमाडौ बस्नु हुने दिदी मार्फत खबर गर्ने तयारी भईरहेको छ । उता पार्थिव शरिरलाई सउल ल्याउने नल्याउने कुराको निश्वित अब केहि समय पश्चात हुनेछ । घरमा उहांको धर्मपत्नी,२ छोरी,बुवा आमा हुनुहुन्छ । ठूलो छोरी आईए पास गरेर पुन: यसपालि नर्शरीमा नाम निकाल्न सफल भई नर्शिङ ज्वाईन भईसकेकि छिन । ११ बर्षकी सानी छोरी ५ कलासमा पढ्दै छिन । म्याग्दीको मुडी स्थाई घर भई करिव १५ बर्ष अगाडी देखि आफ्नो परिवार पोखरा बसोवास गर्दै आउनु भएको थियो । उहां १९९२ सालमा कोरिया आई ६ बर्ष पछि नेपाल फर्कनु भएको थियो । डेढ बर्ष नेपाल बसेर रोजगारको लागि पुन: कोरिया आउनु भएको उहां पछिल्लो पटक कोरिया आएको पनि ८ बर्ष पूरा भएर नवौ बर्षमा चलि रहेको थियो ।
बिहान १० बजे,
रुम पार्टनर सहयात्री म्याग्देली साथीहरु चिन बुदुजा , फक्त पुर्जा र दलु पुर्जालाई छुन्छन प्रहरीले अबैध भएको आरोपमा अध्यागमणमा बुझाई दिएको खबर छ ।
किन गर्दै छ म्याग्दी समाज समिति दक्षिण कोरियाले फेब्रुअरी २ तारिखमा कार्यक्रम
December 1, 2010
बाबुराम शर्मा सउल,कोरिया
सन् २०११ फेब्रुअरी २ तारिख कोरिया को दोश्रो ठुलो महान चाड सलनालको अवसर पारेर म्याग्दी समाज समिति दक्षिण कोरियाले भब्य सास्कृतिक कार्यक्रम गर्ने भएको छ . यसकोलागी नेपालबाट आउने कलाकारहरुको पनि निच्श्चित भैसकेको छ . सलनालको अवसर पारेर ३ ओटा संघ सस्थाले कार्यक्रम गर्दै छन् . बर्षेनी नेपालबाट कलाकार हरु ल्याएर कार्यक्रम गर्ने फेसन जस्तै भैसकेको छ ।
सन् २०११ फेब्रुअरी २ तारिख कोरिया को दोश्रो ठुलो महान चाड सलनालको अवसर पारेर म्याग्दी समाज समिति दक्षिण कोरियाले भब्य सास्कृतिक कार्यक्रम गर्ने भएको छ . यसकोलागी नेपालबाट आउने कलाकारहरुको पनि निच्श्चित भैसकेको छ . सलनालको अवसर पारेर ३ ओटा संघ सस्थाले कार्यक्रम गर्दै छन् . बर्षेनी नेपालबाट कलाकार हरु ल्याएर कार्यक्रम गर्ने फेसन जस्तै भैसकेको छ ।
레이블: म्याग्दी सेरोफेरो
Subscribe to:
Posts (Atom)










